
आउने संसद् ‘सर्कस’ होला भन्ने चिन्ता छ : परियार
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले वैचारिक स्पष्टता नभएका मानिसहरू संसद्मा पुगे आगामी संसद् ‘सर्कस’ बन्ने खतरा रहेको औंल्याएका छन् । ...

विश्वकपको प्रत्यक्ष प्रसारणको फिड प्रयोगबारे कान्तिपुर टेलिभिजन नेटवर्कको चेतावनी
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको नेपालका लागि आधिकारिक प्रशारकको विशेष अधिकार आफूमा मात्र रहेको जनाएको छ । ...

अर्थविद् र लैंगिक समानताकी योद्धा मीना प्रस्थान
अर्थविद्, लैंगिक समानताकी योद्धा, अभियन्ता जस्ता बहुविशेषणले चिनिएकी मीना आचार्यको निधन भएको छ । ९० को दशकदेखि वर्तमान नेपालसम्मकै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा साक्षी रहेकी उनले बिहीबार साँझ मध्यबानेश्वरस्थित निवासमा अन्तिम सास फेरेकी हुन् ।...

‘काठमाडौं कला तथा साहित्य महोत्सव’ सुरु
काठमाडौंको हात्तिगौंडामा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो दुई दिने महोत्सवमा कला र साहित्यमाथि विभिन्न अन्तरक्रियात्मक कार्यक्रम समावेश छ । ...

बागदरबारकाे रेट्राेफिट गर्दा मौलिकतामाथि ख्याल गर्न निर्देशन
काठमाडाैं महानगरपालिकाले बागदरबारको रेट्राेफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ । ...

नेपालको डिजिटल भविष्य सुदृढ गर्दै हुवावे
नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावे दुई दशकदेखि सक्रिय छ । विशेषगरी यस क्षेत्रमा टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा विस्तारका लागि हुवावेले नेपालका टेलिकम कम्पनीसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ...

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ
रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । ...

नि:शुल्क आँखा शिविरमा २६ जनाले गराए मोतिविन्दुको शल्यक्रिया
गुल्मीको सत्यावती गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित दुई दिने नि:शुल्क आँखा उपचार शिविरमा २६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका छन् । ...

कान्तिपुर म्याक्स र सिद्धार्थ बैंकबीच साझेदारी
आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर म्याक्स र सिद्धार्थ बैंक लिमिटेडबीच ‘अफिसियल बैंक’ को रूपमा साझेदारी भएको छ । ...

विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी हो : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गरेका छन् । ...

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
युरोपियन यूनियन (इयू)ले समाजिक सञ्जाल टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न वा इयूको डिजिटल सामग्री नियमहरूअन्तर्गत भारी जरिवानाको जोखिम लिन तयार रहन निर्देशन दिएको छ । ...

एक्सेल्सियर कपमा रेडियन्ट, रिब्स र स्वर्णिम च्याम्पियन
रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गर्ल्स र स्वर्णिम यू–१२ गर्ल्समा विजेता भए । ...

बास्केटबलमा जेबी र बीएनए विजयी
आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् । ...

त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई आईजीपी अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । ...

निर्वाचनमा ७२ घण्टाअगावै सीमा नाका बन्द गरिने
सशस्त्र प्रहरी बल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७२ घण्टा अगावै नेपाल-भारत सीमा नाका बन्द गर्ने भएको छ । ...

कञ्चनपुरका १८ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिसपत्र
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा बैंक खाता खोल्न १८ जना उम्मेद्वारले सिफरिसपत्र लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म उम्मेदवारी दिएका ५५ उम्मेदवारमध्ये १८ जनाले मात्रै निर्वाचन प्रयोजनाका लागि नयाँ बैंक खाता खोल्न ...

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ३४ उजुरी प्राप्त भएको र सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा २४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । ...

५ प्रश्नोत्तरमा बुझ्नुहोस् झापाको ‘सिरिन्ज आक्रमण’ प्रकरण
झापाको सदरमुकाम भद्रपुर सुरक्षाका दृष्टिले सधैं मजबुत मानिन्छ । किनकि यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना-तीनवटै सुरक्षा निकायको बलियो उपस्थिति छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ । ...

रुकुम पूर्वमा दाहालका प्रतिस्पर्धी भन्छन्-‘जिल्लाले जित्न जिल्लाबासीले नै जित्नुपर्छ’
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आ–आफ्ना एजेण्डासहित मतदाता समक्ष पुगिरहेका छन् । ...

सिरहामा रोकिएन निर्वाचन आचारसंहिता उल्लंघन, अनुगमन समितिद्वारा कारबाहीको चेतावनी
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको आचारसंहिता विपरितका गतिविधि सिरहामा नरोकिएको पाइएको छ । ...

कुलमानलाई ‘फूल बेच्ने’को गुनासो–'जनप्रतिनिधिले फूल किनेको पैसा दुई वर्षसम्म दिएन'
छिन्नमस्ता भगवती मन्दिर पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राजेन्द्र मालाकारले छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिले २ वर्षमा पनि फुल किनेको पैसा नदिएको गुनासो गरेका छन् । ...

इस्लामावादको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते
पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । ...

निर्वाचन आचारसंहिताका कारण सर्याे 'कोशी एक्सिलेन्स अवार्ड २०२६'
आगामी ७ फागुनमा आयाेजना हुन लागेकाे ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति आसन्न प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण परिवर्तन भएकाे छ । ...

चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ'
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई...

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । ...

विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु गर्दै जापान
जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को सातादेखि पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि उक्त संयन्त्र बन्द रहेको थियो । ...

रियल-टाइम डेटा र एआईले अकाउन्टिङ अभ्यास बदलिरहेको विज्ञहरूको भनाइ
परम्परागत अकाउन्टिङ प्रक्रियालाई प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । ...

दैलोमा आउने उम्मेदवारलाई मतदाताका प्रश्नै प्रश्न
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लाको चुनावी माहोल तातेको छ । ...

राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारदेखि
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ...

काठमाडौं-१० : भविष्य खोज्दै युवा विदेशमा, अन्नपात खोज्दै बाँदर गाउँमा
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० । फर्पिङ, दक्षिणकाली हुँदै अन्तिम गाउँ छैमले हुँदै चुरेतर्फ लम्किएपछि मात्रै यो निर्वाचन क्षेत्र सकिन्छ । उम्मेदवारहरू घर-घर त पुगिसकेका छैनन् तर मतदाता भने आफूले सुनाउने समस्याका सूची र सरोकारका बुँदा टिपेर बसेका छ...

कैलाली-१ मा तीन दशकपछि ‘विरासत’ फर्काउने दाउमा कांग्रेस–एमाले
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ‘छिन्नभिन्न’ भएको फाइदा उठाउँदै ३० वर्षपछि कैलाली–१, कांग्रेस–एमाले विरासत फर्काउने कसरतमा छन् । ...

धार्चेमा ‘जनयुद्ध दिवस’को सार्वजनिक विदा
‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते धार्चे गाउापालिकाले सार्वजनिक विदा दिएको छ । ...

‘कृषि विकास बैंकको १५ हजार रिनले उद्योगी बनायो’
सानैदेखि पढाईमा रुची थियो । मन भएर के गर्नु, धनले साथ दिएन । मैले ५ कक्षा भन्दा धेरै पढ्न पाइनँ । गुजारा चलाउन बुवाले घरमै छालाका जुत्ता सिलाउने काम गर्नुहुन्थ्यो । स्कुल टुटेपछि मैले पनि बुवालाई सघाउन थाले । ...

बुढासुब्बा गोल्डकप: झापा ११ को जित
२६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनल प्रवेश गरेको छ । ...

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका–११ सतासी खोलाको शाखा कल्भर्टनजिक माटोको ढिस्कोले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ। ...

धनकुटामा ‘चियासँग कविता’को एक वर्ष पूरा
धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले एक वर्ष पूरा गरेको छ। ...

कर्णालीमा २१ हजार बालिकालाई एचपिभी खोप दिइने
कर्णाली प्रदेशमा २१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपिभी खोप दिन लागेको हो । ...

अन्तर कलेज बास्केटबल उपाधि अंकुरम एकेडेमीलाई
आरम्भ कप बास्केटबल प्रतियोगिताको उपाधि भरतपुरको अंकुरम एकेडेमीले उचालेको छ । ...

अवैध लागू औषधसहित हेटौंडाबाट दुई युवक पक्राउ
मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागू औषध नाइट्राजेपाम ट्याब्लेट ५७० थानसहित प्रहरीले पर्सा धोबिनी गापा–४ घर भई हेटौंडा उपमहानगरपालिका–१ डेरा गरी बस्ने १९ वर्षीय मनिष गुप्ता र सोही स्थान बस्ने १९ वर्षीय विजय सहनीलाई श...

बानेश्वरमा सञ्चालनमा आयो मेट्रोल्याब्सको पूर्ण डिजिटल रेफरेन्स प्रयोगशाला
पूर्ण डिजिटल रेफरेन्स डायग्नोस्टिक प्रयोगशाला मेट्रोल्याब्स काठमाडौँको बानेश्वरस्थित बीके कम्प्लेक्सको चौथो तलामा सञ्चालनमा आएको छ । प्रयोगशालाको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्काले गरेका हु...

माहोल तताइरहेका चुनावी गीत
जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । ...

खाने तेलको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारकै प्रभाव : वनस्पति घ्यू तेल उत्पादक संघ
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले नेपालमा खाने तेलको मूल्य पनि सोही बजारको व्यापारिक प्रवृत्तिअनुसार निर्धारण हुने जनाएको छ । ...

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित
राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ । ...

मकवानपुरमा ३ हजार बढी अस्थायी मतदाता
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ हजार १५० जना अस्थायी मतदाता रहेका छन् । यो संख्या अझै फेरिन सक्ने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । ...

बाह्रबिसेमा बालेन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सिन्धुपाल्चोकको बाह्रबिसे आएर फर्किएका छन् । सिन्धुपाल्चोक-१ का रास्वपा उम्मेदवार भरत पराजुलीसहित उनको उपस्थितिलाई पार्टीले चुनावी सन्देशका रूपमा प्रस्तुत गरेको छ । ...

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको निर्णय सर्वोच्चले गर्यो सदर
सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको छ। ...

केपी ओली झापामा
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आएका छन्। उनी यति एयरलाइन्सको विमानमार्फत शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्। ...

'झापामा बालेन्द्र शाहको कार्यालयमा तोडफोड' भन्दै फैलियो भ्रम
झापाको कमल गाउँपालिकास्थित रास्वपा उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा ठुलो क्षति पुगेको भन्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको घटनामा प्रशासनले कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ । ...

मोटरसाइकल पार्किङको विषयको झगडामा एकको मृत्यु
वीरगन्जमा शुक्रबार मोटरसाइकल पार्किङको बिषयमा भएको विवाद र झगडामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरई छन् । ...

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ को प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । ...

फागुन २१ को निर्वाचनलाई मौसमले असर पार्दैन : आयोग
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मौसमले असर नपार्ने देखिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मौसम विज्ञान विभागले उपलब्ध गराएको मौसमको पूर्वानुमानमा २०,२१ र २२ फागुनमा हिमाली क्षेत्रमा सुख्खा रहने छ। उक्त...

पत्रकारहरूले देश हितमा साँचो र सत्य कुरा बोल्न सक्नुपर्छ : अध्यक्ष बिजुक्छें
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताएका छन् । ...

६ महिनामा ३३३ विदेशी नागरिक निष्कासित, ओभरस्टेदेखि धर्म परिवर्तनसम्मका गतिविधिमा संलग्न
पर्यटक र व्यावसायिक भिसामा भित्रिएर गैरकानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन् । ...

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
पाँचथरको फिदिम नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । ...

पूर्ण खोप सुनिश्चितताकालागि छुटेका बालबालिका खोज्न घरदैलो
बागलुङ नगरपालिकाले नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको क्यान्सरबिरुद्धको खोप लगाउनुपर्ने बालिकाको खोजी अभियान थालेको छ । ...

बाँकेमा २३ सय बढी अस्थायी मतदाता
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लामा २ हजार ३३८ जना अस्थायी मतदाता रहेको पाइएको छ । ...

बालिकालाई ठक्कर दिने रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता
रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलम चढ्ने कार चालक परोहा नगरपालिका–३ का मुस्ताक आलमलाई सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न शुक्रबार जिल्ला अदालत लगिएको छ । ...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार धेरै
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेका छन् । ...

नवलपुरका मतदानस्थलमा सुरक्षा समितिको अनुगमन
पूर्वी नवलपरासीमा रहेका संवेदनशील र अति संवेदनशील मतदानस्थलमा जिल्ला सुरक्षा समितिका सदस्यले स्थलगत निरीक्षण गरेका छन् । ...

बीपीका पुस्तक : प्रतिलिपिको झमेलामा फस्यो लिपि बुक्स
लिपि बुक्स बीपी कोइरालाको पुस्तकको प्रतिलिपि अधिकारको झमेलामा परेको छ । बीपीका ४ पुस्तक 'जेल जर्नल', 'आत्मवृत्तान्त', 'फेरि सुन्दरीजल' र 'राजा, राष्ट्रियता र राजनीति'को प्रतिलिपि अधिकार आफूसँग भएको भन्दै जगदम्बा प्रकाशनले मुद्दा दायर गरेपछि उच्च अदाल...

निष्ठापूर्वक काम गरेमात्र न्याय सेवा सरल र कम खर्चिलो: प्रधानन्यायाधीश
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल र कम खर्चिलो हुने बताएका छन् । ...

नेपाली सेफ राहुलबाबु युएईमा पुरस्कृत
नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा पुरस्कृत भएका छन् । युएईमा सम्पन्न ‘द गोल्ड एण्ड मिलो २०२६ अवार्ड’ समारोहमा श्रेष्ठसहित पाँचजना सेफलाई सम्मान गरिएको हो । ...

बागलुङमा ६ महिनामा लक्ष्यको ३१ प्रतिशत कर संकलन
आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३१ प्रतिशत मात्र कर संकलन गरेको छ । ...

सामाजिक सञ्जालमा मत सर्वेक्षण नगर्न अनुगमन अधिकृतको आग्रह
उम्मेदवार तथा राजनीतिक दलका नाम उल्लेख गरी मत सर्वेक्षण भइरहेको भन्दै जिल्ला आचारसंहिता अनुगमन अधिकृतले आपत्ति जनाएका छन्। ...

दैनिक छापिँदै छ १३ लाख मतपत्र
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले मतपत्र छापिरहेको हो । ...

संवेदनशील मतदानस्थल अनुगमनमा सुरक्षा निकाय
जिल्लाका विकट क्षेत्रमा पर्ने ‘अति संवेदनशील’ मतदानस्थतको स्थलगत अनुगमन गरिएको छ । ...

नाम्जेको ग्रामीण जनता माविमा दातालाई सम्मान
सागुरीगढी गाउँपालिका–६ नाम्जे स्थित ग्रामीण जनता माध्यमिक विद्यालयमा दाता सम्मान, छात्रवृत्ति वितरण तथा शिक्षक विदाइ कार्यक्रम सम्पन्न भएको छ। ...

बैतडी बस दुर्घटना: सुदूरपश्चिम सरकारले घाइतेको उपचार खर्च र मृतकका परिवारलाई १ लाख दिने
बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। ...

'श्री बुकुरो : द होम कलिङ'को ट्रेलर सार्वजनिक
फागुन १ देखि प्रदर्शनमा आउने फिल्म 'श्री बुकुरो : द होम कलिङ'को ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेश समेटिएको यो फिल्मको ट्रेलरमा पारिवारिक स्नेह, मिलन र नोकझोंक देखाइएको छ । ...

देश सम्हाल्ने र सुधार्ने जिम्मेवारी कांग्रेसले पूरा गर्छ: सभापति थापा
कांग्रेस सभापति गगनकुमार थापाले देश सम्हाल्ने र व्यवस्थालाई सुधार्ने जिम्मेवारी आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । ...

दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका छन् । ...

निर्वाचन निष्पक्ष बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ: आयुक्त ज.ब.रा
निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । ...

बैतडी बस दुर्घटनाः २३ जनाको डडेलधुरा अस्पतालमा उपचार हुँदै
बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको बस बिहीबार दुर्घटनामा घाइते भएका २३ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। ...

वन्यजन्तु आक्रमण रोक्न माग गर्दै स्थानीयद्वारा बर्दिया प्रशासन घेराउ
एकैदिन वन्यजन्तुको आक्रमणमा परी जिल्लामा दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्। ...

बिमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दै गएपछि सरकारलाई दायित्व थपियो: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। ...

उत्तर–दक्षिण लोकमार्ग: किमाथांका 'कनेक्टिभिटी' मुख्य चुनौती
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्तको नेतृत्वमा रहेको टोलीले खाँदबारीको लभिङ हिलदेखि किमाथांकासम्मको उत्तर–दक्षिण (कोशी) लोकमार्ग स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। ...

धनकुटाका १ हजार २ सय ८६ किशोरीलाई एचपीभी खोप दिइने
धनकुटामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ । ...

चुनावी प्रचारमा हिँडेको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएपछि रास्वपाले भन्यो- 'छानबिनमा प्रशासनलाई सघाउँछौं'
चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट बालिकाको मृत्यु भएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छ । ...

झापामा ‘सिरिन्ज आक्रमण’ बाट एक जनाको मृत्यु
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा ‘सिरिन्ज आक्रमण’ बाट एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

जन्ती बस दुर्घटनाका घाइते भन्छन्- 'अरूलाई धकेलेर हाम फालेँ'
बैतडीको पुर्चौडी नगरपालिका–७, भौनी गाउँ बिहीबार साँझदेखि असामान्य रूपमा शान्त छ । केही घण्टाअघिसम्म विवाहको रौनक, हाँसो–ठट्टा र बाजागाजाको आवाजमा गुन्जिएको त्यही गाउँ अहिले शोकमा डुबेको छ । ...

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै
राष्ट्रिय सभाको आजको बैठकमा सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत हुने भएको छ । ...

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय
प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । ...

मेघालयको अवैध कोइलाखानीमा विस्फोट, १८ मजदुरको मृत्यु
भारतको मेघालय राज्यस्थित इस्ट जैन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ। घटनामा नेपाली समेत परेका छन्। ...

त्रिवि उपकुलपतिको कुर्सीमा अखिल क्रान्तिकारीले टाँस्यो अपशब्दसहितको पर्चा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कुर्सीमा अपशब्द प्रयोग गरी पर्चा टाँसेका छन् । ...

अमेरिकासँगको वार्ताका लागि ओमान पुगे इरानी विदेश मन्त्री
युद्धउन्मुख अमेरिका र इरानबीच आज ओमानमा वार्ता हुने तयारी भएको छ। ...

निर्वाचनको विज्ञापन राजनीति
निर्वाचन लोकतन्त्रको महाकुम्भ हो, जहाँ जनताले आफ्नो भविष्यको फैसला गर्छन् । आगामी फागुन २१ का लागि तय भएको आमनिर्वाचनको संघारमा रहेका नेपाली राजनीतिक दल र उम्मेदवारलाई अबको लडाइँ चुनावी मैदानमा मात्रै सीमित छैन, यो मतदाताको सूचनाको माध्यम र ‘मनोविज्ञ...

घोषणापत्रका ज्वलन्त राजनीतिक एजेन्डा
(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला 'कान्तिपुर विमर्शः घोषणापत्र’ सुरु गर्दै...

नेपाल ट्वान्टी २० विश्वकपका लागि तयार
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी ट्वान्टी २० विश्वकपका लागि तयार भएको छ । आसिफ शेख र सन्दीप जोराको महत्त्वपूर्ण साझेदारीमा नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बिहीबार क्यानडालाई ६ विकेटले पराजित गरेको हो । ...

‘कोहीले कसैलाई पनि हराउन सक्छ’
नेपालले पछिल्लो ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई झन्डै झन्डै हराइसकेको थियो । सायद यो कुरा अफ्रिकी कप्तान एडेन मारक्रमलाई भन्दा बढी कसलाई सम्भना होला र ? त्यसैले उनले ठीकै भनेका हुन्, ‘यसपल्टको विश्वकपमा कोहीले कसैलाई पनि हराउन सक्छ ।’ ...

उत्तरदायित्वपूर्ण घोषणापत्रका लागि न्यायालयको भूमिका
लोकतन्त्रको वास्तविक शक्ति संविधानका अक्षरमा होइन, जनताको विश्वासमा निहित हुन्छ । जनताको यो विश्वास राज्यसत्ताले निरन्तर जोगाइराख्नुपर्छ किनकि विश्वास कमजोर भयो भने लोकतान्त्रिक संरचना बाह्य रूपमा जति बलियो देखिए पनि भित्री रूपमा भने खोक्रो बन्छ । .....

निर्वाचनका लागि कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटाइने
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सुरक्षाकर्मी खटाउने तयारी भइरहेको छ । ...

जिम्मेवार राजनीतिक नेतृत्व कि नायक ?
नेपाली जनताले देशमा नयााँपन खोजिरहेका छन् । विकृत राजनीतिबाट आजित जनताले नयाँ नेतृत्व खोज्नु अस्वाभाविक होइन । संसारैभरिको इतिहास हेर्ने हो भने नेतृत्व कि क्रान्ति, संघर्ष वा आन्दोलनबाट विकसित हुन्छ कि राष्ट्रिय राजनीतिक आवश्यकताबाट ! कतिपय सन्दर्भमा...

रौतहट–३ : पाँचौं पटक जोगिएला प्रभुको ‘प्रभुत्व’ ?
रौतहट–३ मा पाँचौं पटक चुनावी मैदानमा छन्, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह । २०६४ यताका निर्वाचनमा यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका साहलाई यतिबेला आफ्नो राजनीतिक विरासत जोगाउनुपर्ने चुनौती छ । ...

आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिएका उम्मेदवारमा सबैभन्दा बढी रास्वपाका
निर्वाचन आचारसंहिता उल्लंघन गरेर स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा सबैभन्दा बढी रास्वपाका रहेका छन् । ४ माघको मध्यरातिदेखि आचारसंहिता लागू गरेको निर्वाचन आयोगले उम्मेदवार, राजनीतिक दल, मुख्यमन्त्री, प्रदेशका मन्त्री, संघ, संस्था, विद्यालयदेखि विश्ववि...

स्वास्थ्य बिमाको प्रभावकारिता अभिवृद्धिको उपायसहित घोषणापत्र
कुनै पनि राज्यले नागरिकको सम्पूर्ण स्वास्थ्य उपचारलाई निःशुल्क गर्न सक्दैन । अर्कोतर्फ, नागरिकले सबै उपचार खर्च आफैंले बेहोर्न पनि सक्दैनन् । ...

को हो ‘हेभिवेट’ ? काठमाडौंबाट गएका कि जिल्लामा भएका ?
प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै गर्दा ‘हेभिवेट’ भनिएका उम्मेदवारका कारण केही क्षेत्रमा चासो र चर्चा केन्द्रित भइरहेको छ । पार्टी अध्यक्ष/सभापति, पूर्वप्रधानमन्त्री, चर्चित निवर्तमान पालिका प्रमुख र उदीयमान नेताको उम्मेदवारी परेका ती क्षेत्रमा ...

भारतको मेघालयमा कोइलाखानी विस्फोट हुँदा खोटाङका एउटै घरका दाजुभाइको मृत्यु
भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका-१ का एउटै घरका दाजुभाइको मृत्यु भएको छ । ...

भारतविरुद्ध नखेल्ने निर्णय पुर्नविचार गर्न पाकिस्तानलाई श्रीलंका क्रिकेटको अनुरोध
श्रीलंका क्रिकेटका अध्यक्ष सामनी सिल्भाले पाकिस्तानी क्रिकेट बोर्डलाई पत्र लेख्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णयबारे पुर्नविचार गर्न अनुरोध गरेका छन् । ...

बैतडी जन्ती बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ...

धमाधम प्रतिवेदन लेख्दै जाँचबुझ आयोग
२३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगले प्रतिवेदन लेखन तीव्र पारेको छ । आयोगको म्याद पछिल्लो पटक ८ माघमा २० दिन थप गरिएको थियो । उक्त म्याद सकिन एक साता बाँकी रहँदा आयोगले प्रतिवेदन लेखनलाई तीव्रता दिएको हो । ...