
‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक
काठमाडौँ । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित नयाँ गीत ‘प्यारो गाउँ भीमफेदी’ काठमाडौँमा सार्वजनिक गरिएको छ। साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा गरिएको कार्यक्रममा उक्त गीत औपचारिक रूपमा लोकार्पण गरिएको हो। सा...

‘कलाकाग मेला २.०’ साहित्यिक र सांगीतिक संगतमा सम्पन्न
काठमाडौँ । कलामा सक्रिय युवाहरूको साझा समूह ‘कलाकाग’ले काठमाडौँको मैतिदेवीस्थित Happy Club मा आफ्नो दोस्रो प्रस्तुति कार्यक्रम ‘कलाकाग मेला २.०’ सम्पन्न गरेको छ। भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनपछि उत्पन्न मनोवैज्ञानिक तानाबाना र बेचैनीलाई सम्बोधन...

एक सय खरब रुपियाँमा नेटफ्लिक्सले किन्यो स्टुडियो
नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई एक सय खरब नेपाली रुपियाँमा किनेको खबरले संसारका मनोरञ्जन प्रेमीलाई अचम्म पारेको छ । खबरअनुसार नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्या...

हेमजा साहित्य महोत्सव–२०८२मा लघुकथा सत्र सम्पन्न
पोखरा । ज्ञानसागर एकेडेमी, हेमजामा मङ्सिर १९ र २० गते आयोजना भइरहेको ‘हेमजा साहित्य महोत्सव–२०८२’ अन्तर्गत पहिलो दिन लघुकथा सत्र सम्पन्न भएको छ। विविध साहित्यिक उत्सवहरूका बीच सञ्चालित सो सत्रमा देशका स्थापित र उदाउँदै गएका लघुकथाकारहरूको उल्लेखनीय उ...

अरबौं मूल्यको विश्वरेकर्ड चित्र: ‘एलिजाबेथ लेडरर’ र गुस्ताव क्लिम्टको सनसनीपूर्ण नालीबेली
सन् २०२५ नोभेम्बर १८ को साँझदेखि विश्वका प्रमुख अखबारमा सनसनीपूर्ण खबर फैलियो – अष्ट्रियन कलाकार गुस्ताव क्लिम्टको आधुनिक चित्र ‘एलिजाबेथ लेडरर’ न्युयोर्कको लिलामी घरबाट झन्डै २३६.४ मिलियन अमेरिकी डलर यानेकी लगभग रु ३३ अर्ब ९१ करोड नेपाली रुपैंयामा ब...

जेनजी लेखकको ‘जेनजी नियात्रा’
जेनजी उमेर समूहकी नियात्राकार आस्था भट्टराईद्वारा लिखित “फूलबारीको जुके गणतन्त्र” पढेपछि लाग्यो, यो नियात्रा केवल एक साधारण नियात्रा मात्र होइन । जीवन, राजनीति, प्रकृति, समाज र मानवीय प्रवृत्तिको बहु–तहमा उभिएको साहित्यिक दस्तावेज हो । यात्रा भोगाइका...

साताकाे पुस्तक : आफ्नै स्वर आफ्नै सुर
आफ्नै स्वर आफ्नै सुर – जयप्रसाद पाण्डे कवि जयप्रसाद पाण्डेको कविता सङ्ग्रह हो ‘आफ्नै स्वर आफ्नै सुर’ । पाण्डेले सुन्दर छन्दमा देश प्रेम मानवता, प्रकृति प्रेमलाइ समेटनुभएको छ । ‘प्रतिभा पुरस्कार प्रतिष्ठान’मोफसलको प्राज्ञिक संस्था हो। यसले २०३९ सालदेख...

साताकाे पुस्तक : शीतलको लौरो
शीतलको लौरो – ऋषिराम अर्याल मुक्तककार ऋषिराम अर्यालको मुक्तक सङ्ग्रह हो ‘शीतलको लौरो’ ।अर्यालले मुक्तकबाट सामाजिक विकृति विंसगती हटाएर सुन्दर समाज बनाउने कुरा लेख्नुभएको छ । १ लामखुट्टे सगरमाथा चढे के होला ? यसैगरी बैमनस्य बढे के होला ? वातावरण बिगार...

साताकाे पुस्तक : कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा
कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा – चन्द्र गुरुङ कवि चन्द्र गुरुङले स्वर्गीय कवि विमल गुरुङको जीवनीलाई समेटनु भएको पुस्तक हो ‘कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा’ । ”आएको थिएँ प्रमुख अतिथि भएर फर्कदैछु पोखरा विमलभाइको दाइ भएर ।” पुस्तकमा सरुभक्त...

साताकाे पुस्तक : समयको फन्को
समयको फन्को – उद्धव देवकोटा कवि उद्धव देवकोटाको कविता सङ्ग्रह हो ‘समयको फन्को’ । देवकोटाले कवितामा समसायिक नेपाली समाजको चित्रण गर्दै, राजनीतिक, विकृति, विसंगती प्रति खबरदारी गर्नुभएको छ । ”कविता लेखनका दृष्टिले रुपन्देही क्षेत्र पनि उर्वर मानिन्छ ।”...

साताकाे पुस्तक : केशवप्रसाद आर्चायका कथा
केशवप्रसाद आर्चायका कथा – स. अमोद भट्टराई कथाकार केशवप्रसाद आर्चायको कथाहरुलाई संकलन गरी अमोद भट्टराईले सम्पादन गर्नुभएको कथा संग्रह हो ‘केशवप्रसाद आर्चायका कथा’ । को हुन् केशवप्रसाद आचार्य ? संवत् १९५० अगाडि शिवदत्त शर्माको ‘वीरसिक्का,’ मोतीराम भट्ट...

साताकाे पुस्तक : यात्रा खुसीको
यात्रा खुसीको – विष्णुबहादुर जी.सी. लेखक विष्णुबहादुर जी.सी.को पुस्तक हो ‘यात्रा खुसीको’ । लेखकले पुस्तकमा आफ्नो शैक्षिक क्षेत्रको स्व अनुभूतिहरुलाई समेटनुभएको छ ।”डा. विष्णुबहादुर जी.सी .मेरा अनन्य मित्र र आत्मीय सहकर्मी हुनु हुन्छ ।” पुस्तकमा डा. ...

हामीलाई प्राप्त साताका पुस्तक
पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान...

दर्शनविहीन राजनीति: च्याउझैँ उम्रने पार्टी र दिशाहीन जेनेरेसन
आजको पुस्ता पुस्तकभन्दा अनावश्यक ‘मिम्स’ पढ्छ, बहसभन्दा अनुत्पादक ‘रिल्स’ बनाउँछ, र विद्यालयभन्दा युट्युबमा बढी समय खर्च गर्छ । यस्तो प्राथमिकताले राजनीतिक दर्शनको आधार कमजोर बनाउँछ । … राजनीति केवल शक्तिखेल होइन- यो राष्ट्र निर्माणको कला र समाज बुझ्...

निबन्ध: चार्वाक दर्शन अथवा प्रवृत्ति
चारु+वाक् अर्थात् मीठो बोलीका अर्थमा चार्वाक् शब्द निर्माण हुन्छ । यो पौरस्त्य दर्शनमध्ये अत्यन्त भौतिकवादी दर्शन मानिन्छ । समग्र पूर्वीय दर्शन आस्तिक र नास्तिक गरी दुई वर्गमा विभाजित छन् । सामान्य अर्थमा आस्तिक भनेको ईश्वरको अस्तित्व स्वीकार गर्ने र...

अर्जुनको इन्द्रसँग साक्षात्कार
काम्यक वनमा बस्न थालेपछि एकदिन युधिष्ठिरले आफ्ना प्रिय भाइ अर्जुनलाई एकान्तमा बोलाएर भने : भाइ ! यो १२ वर्षको वनवास र एक वर्षको अज्ञातवासपछि कौरवहरूसँग हाम्रो भीषण युद्ध हुने नै छ । त्यसमा हजुरबा भीष्म पितामह, गुरु द्रोणाचार्य र कृपाचार्य अनि कर्णजस्...

क्लासिक संस्मरण : मेरो जेल-यात्रा
म ज्यालखानिया हूँ, कैदी हुँ भनेर मलाई हेलाँ र घृणा गर्ने मानिसहरू अझै सकेका छैनन्, फेरि म राजबन्दी हुँ भनेर कृष्णा र गान्धीलाई सम्झि मलाई पूजा गर्ने मानिसहरू पनि म यथेष्ट पाउँदछु । “तँ कैदी होस्” भनेर घिनाउने मानिसहरू देखेर मलाई अफसोस लाग्दछ । त्यस्त...

एउटा भेटको अपेक्षा (निबन्ध/नवपुस्ता)
यो जिन्दगी खाली पाना जस्तै छ । म केही अक्षरहरू भर्न लागिरहेछु । बेला बेलामा समाज, इरेजर बनेर आउँछ । म भित्रका महरूले मलाई मेट्न इजाजत दिन्छन् । मैले मभित्र कतिपटक हिम्मत र आत्माविश्वास ल्याएँ तर समाजले पुछिदियो र लेखिदियो डर । आज म त्यही डर लिएर बाँ...

प्रियासनको ‘नयाँ लुगा’ उपन्यास सार्वजनिक
दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित नयाँ उपन्यास ‘नयाँ लुगा’ दाङमा सार्वजनिक गरिएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा प्रियासनको १३औँ कृति विमोचन गरिएको हो। नेपालकै दोस्...

देवीप्रसाद गौतमको ‘पाँचकोरी थुँगा’ गीत–सङ्ग्रह विमोचन
इलाम । स्वरसम्राट् नारायणगोपालको स्मृति दिवसको अवसर पारेर इलामका सङ्गीतकर्मी देवीप्रसाद गौतमद्वारा रचित गीत–सङ्ग्रह ‘पाँचकोरी थुँगा’ सार्वजनिक गरिएको छ। इलाम नगरपालिकाको साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य संस्कृति कला प्रतिष्ठानको संयुक्त आ...

‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार’का लागि पाँच लाख अक्षयकोष स्थापना
दाङ । त्रिभुवननगर जेसीजकी पूर्व अध्यक्ष तथा १९९२ की शाखा अध्यक्ष जेसी माया शर्मा लोहनीले ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना गर्न पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएकाे छ । दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर महिला अधिकार, ...

कविता : भर्खरै यो शहरमा क्रान्ति भएको थियो
भर्खरै यो सहरमा क्रान्ति भएको थियोतर दाम्लो झैँ गलामा बाँधिएको पुरानो बन्धनअझै लत्रिरहेको छमान्छेहरूको घाँटीबाट। सुन्न सक्छौ अँध्यारो कोठामा रुमल्लिएकाआमाहरूको रोदनको अवशेषजसका छोराहरू फर्केर आएनन् । सुन्न सक्छौ भित्तामा शिर बजार्दैकुदिरहेका प्रतिध्व...

कविता : पुरानो घर
सिकुवामा बसेर चोया खिप्दै गर्दायन्त्रझैँ चल्ने बुबाका ती परिश्रमी हातहरू।चामल निफन्दै गर्दा सेताम्ये हिउँसरिभुसले छोपिएकी आमाको त्यो मुहार ।आँगनमा छताछुल्ल हाँस, परेवा र कुखुराहरूको साम्राज्य ।गोठ अनि खोरमा गाई–बाख्राहरूले चलाउने मनमौजी ।घुरेनमा टुसा...

कविता : सुख्खा हिउँद
चिसो बतासले छाती चिथोर्दा,घाम पनि तातेजस्तो नभएको दिन।ओइलाएका पातका सङ्गीत सुन्दै,रूखका हाँगाहरू मौन छन् अचेल। नदीका छालहरू निदाइरहे,खडेरीले फाट्यो माटोको मन।मलिनो सूर्य, धूलोले ढाकेको,ओझेलमा पर्यो न्यानोपन। कहाँ छ लय ती बर्सातका ?कहाँ हरायो हरियाली...

श्रुति सङ्गीत पाठशालाद्वारा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ हुँदै
भरतपुर । श्रुति सङ्गीत पाठशालाले गजल मञ्च चितवनसँग सहकार्य गर्दै स्वरसम्राट् नारायणगोपालको ३५औँ पुण्यतिथि अवसरमा ‘स्मृति साङ्गीतिक साँझ–२०८२’ आयोजना गर्ने भएको छ। कार्यक्रम मंसिर २० गते शनिबार साँझ भरतपुर–४, वैदिकनगरस्थित स्वाद सदनमा हुन लागेको पाठशा...

गीत : मह खाने रहरमा
महिला: मह खाने रहरमा मौरी नमार,गोही जस्तो बनिकन आँसु नझार।तिम्रो रूप, तिम्रो बानी पार्ने हैरानी,भित्र भित्र जलाएर पार्ने खरानी। पुरुष: फूललाई छुन भनिकन बोट रोपेको,तिम्रै नाम हत्केलामा छ नि खोपेको।तिम्रो रूप, तिम्रो बानी पार्ने हैरानी,भित्र भित्र जलाए...

मोरङमा ‘अमह् तुष्टि : चेतनाको अदृश्य सत्ता’ कृतिको लोकार्पण
विराटनगर । स्रष्टा शम्भुप्रसाद भट्टराईको निबन्धकृति ‘अमह् तुष्टि : चेतनाको अदृश्य सत्ता’ विराटनगरमा एक समारोहबीच लोकार्पण गरिएको छ। पत्रकार महासङ्घ मोरङ शाखाको सभाहलमा विराट साहित्य सङ्गम, विराटनगरद्वारा आयोजित कार्यक्रममा पुस्तकको औपचारिक विमोचन गरि...

कविता : मेरो एउटा साथी छ
मेरो एउटा साथी छऊ मेरै साथ रहन्छ हर समयदुःख–सुख, हँसाइ, रुवाइखाँदाखेरि, लाउँदाखेरिगाउँ–घर चहार्दाऊ ढुक्कसँग मसँग रहन्छ ।मैले बोल्न आँ मुख बाउँदाउसले अलंकार बुझेर बोलिसकेको हुन्छ । मेरो एउटा साथी छसभा–समितिमा ऊ डाइसमा बस्छमलाई श्रोता–दर्शकको पङ्क्तिमा...

कविता : रक्सी छाडिसकेपछि
फुस्रो–फुस्रो लाग्छ मलाई गुलाब पनि,रङ्ग उडेको छ उसको हिजोआजमेरा आँखाहरूबाट !सुवास हराएको छ मेरो नाकबाट उसको,यस्तो लाग्छ मलाई कोरोना लागेको छ ! खै ! कहाँ गयो त्यो भमरा हिजोआज,सुन्दिनँ म उसको गुञ्जन,देख्दिनँ म उसले रस चुसेको,यस्तो लाग्छ म बहिरो अनि अन्...

खाइराइड हास्यव्यङ्ग्य प्रतियोगितामा २४ निबन्ध प्राप्त
काठमाडौं । नेपाली भाषी विद्यालय तहका विद्यार्थीहरूबीच पहिलो पटक आयोजना हुन लागेको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’का लागि बाङ्गा अक्षरले आह्वान गरेअनुसार देशभरका विभिन्न विद्यालयबाट २४ वटा निबन्ध प्राप्त भएको छ। नेपाली हास्यव्यङ्ग्य साहित्यको दीर्घक...

कविता : मलाई मन छ
मलाई तिम्रो अँगालोमा बेरिन मन छ,मलाई तिम्रो बोली सुनि मन्त्रमुग्ध हुन मन छ।तिम्रो मनमा के छ, थाहा छैन मलाई,तर मलाई सधैँका लागि तिम्रै बनिरहन मन छ। मलाई तिम्रो मुहार हेरी टोलाइ रहन मन छ,मलाई तिमीलाई पाउन दुनियाँ जित्न मन छ।तिम्रा लागि चन्द्रमा ल्याउन ...

कविता: म त परदेशी मान्छे
आकाश उज्यालो हुनलाई बादल फाट्नुपर्छ,हल्का–हल्का हावा पनि चल्नु पर्छ।हो यस्तै, मान्छेको जिन्दगीले पनिबेला–बेला रङ्ग बदल्नुपर्छ। तर, दुःख लाग्छ,हाम्रो सरकारले देशमा कुनै रोजगार दिन सकेन।त्यसैले म जस्ता लाखौँ युवाहरूविदेशी भूमिमा पसिना बगाउन बाध्य छौँ !...

कविता : उँधौली घर फर्कने आवाज
तिम्रो फूलबारीको गुलाब नहोला,उँधौली त मेरो आफ्नै धरतीको गीत हो।जब सहरको झिलिमिलि रातभर निद्रालाई भत्काइरहन्छ,स्मृतिले स्याहार्छ मेरो थकित आत्मालाई। यो पुरानो तस्बिर होइन,नाटक होइन,नयाँ सन्तानको कम्प्युटर पर्दामाआफ्नो संस्कृतिको छायाँ छर्लङ्ग छ ।मेरो ...

कविता: एउटा पार्टी
तल्लाघरेलाई आफ्नैमाथ्ला घरेलाई आफ्नैबीच घरेलाई आफ्नैया भनूँ, सबै नेपालीलाईआ-आफ्नै पार्टी चाहिएको छ। सबका सबलाई नियम आफ्नै,ऐन आफ्नै, कानुन आफ्नैमान आफ्नै, मर्यादा आफ्नैसुर आफ्नै, ताल आफ्नैभित्र आफ्नै, बाहिर आफ्नैतल आफ्नै, माथि आफ्नैसबै आफ्नै बनाउन आ–आ...

कविता : कालो कफी
चिसो मौसम,भाँचिएका सम्बन्धबिब्ल्याँटा यादहरूकालो कफीका साथमा ! तातो राजनीति,कपटपूर्ण हतकन्डाबहसको सरगर्मीकालो कफीका साथमा ! स्वप्निल प्रेममौन स्मृतिसुखद संवादकालो कफीका साथमा ! बोझिलो कामअनियन्त्रित समयशिथिल थकानकालो कफीका साथमा ! गहन अध्ययनअद्वितीय ...

कविता : प्लुटो जस्तै
छन् इच्छाहरूअजङ्गकाअस्थिपञ्जर भैमाटोमा बिलाएकाडाइनोसर जस्तै। छन् मनमासाँचेर राखेका मायाकसैका लागि,रित्ता भएका चुस्कीलगाएर सकिँदैगएका रक्सीकाप्याला जस्तै। छन् सपना,बाङ्गा–टिङ्गा धर्सामा समाहित,निरर्थक, केवल दिवा स्वप्नका दुःस्वप्न।अनि त्यहीँ सपना ब्रह...

गजल : ऋण लागोस्
ऋण लागोस् तर दिन भने, नलागोस् भन्थिन् आमा।मेरो न्यानो काख छोडी कतै, नभागोस् भन्थिन् आमा। आफैँसँग खुसी भए पो, विश्व नै जित्न सकिन्छ,खुसी खोजेर पैसाको भिख, नमागोस् भन्थिन् आमा। सहर पसे पनि जन्म त, आखिर गाउँ नै हो,घरगाउँ नै बेच्ने कुबुद्धि, नलागोस् भन्थ...

कविता : दुर्बीन
त्यहाँ तिमी पनि छौ त !आऊ त,आएर हेर न ।तिमी हाँसिरहेको छौ,म टपरी गाँस्दै छु ।तिमी दाउरा बोकेर बिसाउँदै छौ,तल्लाघरे कान्छाको छोरोआँगनमै खेल्दै छ।आऊ न,म देखाउँछु,देख्यौ ?नियालेर हेर्नै पर्दैन। यी हात समाऊ त,अझै मुलायम छन् हगि ?यो हृदयमा पुनः आइदेऊ न,तिम...

कविता : ईश्वरलाई प्रश्न !!
ईश्वर! आज यो मानव देह,तिमीले रचना गरेको घोर मृत्यु–सागरको फन्को लगाएरजीवनको धुकधुकीलाईजीवित राख्न खोज्दा,किन पाइलैपिच्छे कडा चट्टानहरूको ठक्करबाटविचलित हुनुपर्ने बनायौ? किन दुष्टको छायाँलाई बलियोतरबार जस्तो कोमल मुटु हरदम रेटिन सक्ने बनायौ?ईश्वर!तिमी...

कविता : समयको खेल
“म कति सानो होऊँ,”भन्दै ऐनामा हेर्दै गुनासो पोख्ने मान्छे,अहिले आएर त्यो रमणीय दृश्यहेर्दा मनमा तृष्णा उठ्छ। म खुबै भन्ने गर्थें,“म ठूलो मान्छे हुन्छु,ठूलो भएर सबै आजादी पाउँछु,”बाल्यकालमा सोच्थें। तर, बाल्यकालको सोच त हो!थाहा थिएन कि चरा जस्तैखुला ग...

कविता : सावा बगीरहेछ
मिर्मिरेको भालेको डाकसँगैझोलामा गुन्द्रुक,किनामा, सातुसामल पोका पारेरबिदाइको हात हल्लाउँदैतिमी परदेश हिँडेदेखि,सोल्टीराजा….!मेरो आँखाबाट अविरल सावा बगिरहेछ । तिम्रै प्रतीक्षामा छन्तिमीले बिसाउँदै गएको चौतारी,फूलपाती चढाउँदै गएको देउराली,पानी अच्य्राउ...

कविता : फेरि यस्तो कविता लेख्नु नपरोस्
नागरिकता बनाएको भोलिपल्टै पासपोर्टको दौडअथवा— आईएल्टएस र पीटीईको तयारी गर्नुपर्नेअनि, अपरिचित विदेशी भाषाका कक्षाहरूमा जोडिनुपर्ने !यो मेरो देशको बाध्यता हो कि हामीलाई थिचिदिएको विवशताको बोझ ? हाम्रा दाजुभाइ दिदीबहिनीहरूलेरगत–पसिनाले विदेशी भूमि सिञ्...

चेतन काफ्लेकाे केही हाइकुह
१अचानोको चोटखुर्पालाई के थाहाकति छ पीडा२सत्ताको कुर्सीबाँदरको हातमाबाजेको पेडा३ज्वरो डेङ्गीकोविश्वास छ धामीकोबली बोकाको४चिनेको भन्दाकाम लिनको लागिकिनेको जाति५घोडाको पछिमहाराजाको अघिकैले नपर्नु ६घुम्टो उघ्रियोसुनौला फाँटहरूशरद ऋतु७पहेँलो घामछेपाराको उ...

कविता : हे आस्थाका भगवान्हरू !
हे आस्थाका भगवान्हरू !देवदेवीहरू !मन्दिर र गिर्जाघरमा, मस्जिद / सिनेगगमागुम्बा र गुरुद्वारामा जहाँ जहाँ आसीन छौसबैसँग म बिन्ती गर्दछुकृपा गरेर मलाई अमुक बनाइ देऊ !अन्धो र बहिरा बनाइ देऊ !लङ्गडो र अपाङ्ग बनाइ देऊ !मलाई मस्तिष्क रहितचेतनाशून्य बनाई देऊ...

गजल : आर्तनाद
मौनतालाई छिचोल्दै फेरि, शून्यतामा हराएको छु।बाहिर मौन रहे पनि, भित्रभित्रै कति कराएको छु। सपना देख्नु गल्ती, या विपना अँगाल्न नसक्नुको,विपनालाई सपना, सम्झेरै पनि त म बर्बराएको छु। खै कहाँ पुगी टक्क रोकिएला, जिन्दगीको यात्रा यो,रोकिन नपाई यात्रा नै सक...

कविता : हिमपहिरो
(लघुकविता) समुद्र छिचोलेरहिमालको काखमा रमाउनेएक जोडी प्रेमीको सपनावास्तवमा धर्तीको नभईएउटा बेग्लै स्वर्गको गन्तव्य थियो। नीला आकाश छोएर उभिएकाती अग्ला–अग्ला चुचुराहरूमिर्मिरेको त्यो अद्भुत रङ्गमासाँच्चै देख्नमा सुन्दर देखिएको होला । जहाँ बतासको शीतल ...

कविता : म ताज हुँ
कठैसुन बजारमा छिरेर ऊ खोजिरहेछजुत्ताहरू पितृसत्ताको मस्तिष्क बोकेर। मलाई थाहा छऊ जुत्तामा अटाएको छ,सायद ऊ गरिब छ,हृदयको भाउ घटाएको छ,र सोच्छ, स्त्री जुत्ता हो। खेल मस्तिष्कको हो,ऊ खेलिरहेछ एक्लै,र जितिरहेछ आफैँ। तर तिमी नहिँडी मेरो मनको बाटो,नचिनी मल...

कविता : नाभि
एउटै सानो वृत्ततर त्यसभित्र समेटिएको छसारा ब्रह्माण्डको पहिलो स्पन्दन।यहीँ फूटेको थियो सृष्टिको पहिलो चाह,यहीँ जन्मेको थियो प्रेमर यहीँ देहले बुझेको थियो —आफू माटो होइनऊर्जा होज्वाला हो। नाभि त्यो द्वार होजहाँबाट पृथ्वीको शक्ति माथि उठ्छकुण्डलिनी झैँ...

कविता : हिँड् दौड
एकछिन थाक्नु हुन्न तिमी,पुग्नुपर्छ पारि गोधूली।लेख्नुपर्छ देशले बिर्सेको कथा,त्यसैले हिँड् दौड,भोलि आफ्नै नामकोसुनौलो इतिहास लेख्नुपर्छ। तिमीले लेख्नुपर्छ देश,आफ्नै छातीको भित्री तहमाएक मुठ्ठी माटो बोकेर।अञ्जुलीभरि भर्नुपर्छ राष्ट्रियता,अब नथाकी हिँड...

कविता : रोइरहेको मुस्कान!
हाँसु भने ओठमा हाँसो छैनराेऔँ भने आँखामा आँसु छैन।एक मुठ्ठी मुस्कान ओठको लागिकहाँबाट ल्याऊँ ?एक अञ्जुली आँसु आँखाको लागिकहाँबाट ल्याऊँ ? आँसु झार्नु र मुस्कान छर्नु,यसको लागि खै !के काम गर्नु ?अँधेरी रातमा निद्रा खै कुन्नी कहाँ भाग्छ ?अन्धकारमा किन म...