आयोगले तोक्यो चुनाव प्रचारको समय, जुलुस र आमसभा सभ्य रुपमा गर्न निर्देशन - farakdhar.com
Source: FRDH
निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्न निर्देशन दिएको छ । आयोगले राजनीतिक दल र दलका प्रतिनिधिका नाममा आज जारी गरेको ६४ बुँदे निर्देशनमा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख छ । मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुन...