केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
आजको राशिफल - कर्कट
२०८२ माघ १३ गते (२७ जनवरी २०२६) मंगलवार, माघ शुक्लपक्ष नवमी तिथि। भरणी नक्षत्र, ९ः१५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १४ः५१ बजेपछि वृष।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। साँझतिर आकस्मिक समस्याले केही खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ।