“आज कति गते?” यो सरल प्रश्नले नेपालको पहिलो डिजिटल पात्रो प्लेटफर्म निर्माण गर्नको प्रेरणा दियो। सन् २००७ मा, हाम्रो संस्थापक बिरिजन महारजनले नेपाली पात्रोलाई डिजिटल स्वरूपमा विकास गर्ने पहल गर्नुभयो। यसको उद्देश्य नेपालको मौलिक पात्रोलाई सहज, पहुँचयोग्य बनाउनु थियो, विशेष गरी विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालका मिति, पर्व र गतिविधिसँग जोडिराख्न।
हामीले सन् २००७ मै FBML प्लेटफर्मबाट सुरुवात गरेका थियौं र २००९ त्यसपछि हामीले हाम्रो वेबसाइट बनायौं र २०११ मा प्रयोगकर्ताको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै मोबाइल एप सार्वजनिक गर्यौं।
आज, नेपाली पात्रो १ करोड भन्दा बढी डाउनलोड भएको विश्वसनीय पात्रो तथा युटिलिटी एप बनेको छ। यसले नेपाल संवत्, विक्रम संवत् र ग्रेगोरियन पात्रोलाई एकीकृत गर्दै महत्वपूर्ण मिति, चाडपर्व तथा राष्ट्रिय दिवसहरूको सम्पूर्ण जानकारी प्रदान गर्दछ। हाम्रो विशेष फिचर “My Calendar” ले प्रयोगकर्तालाई तिथि र मितिको आधारमा दोहोरिने व्यक्तिगत तथा पारिवारिक कार्यक्रमहरू सुरक्षित गर्न सहयोग गर्छ, जसले जीवनका अर्थपूर्ण क्षणहरू सम्झन र मनाउन सजिलो बनाउँछ।
पात्रो सेवाभन्दा बाहिर पनि प्रयोगकर्ताहरू नेपाली पात्रोमा यी सेवाहरूका लागि विश्वास गर्छन्:
आज कति गते?