
राष्ट्रिय लिग : सातदोबाटो र सङ्कटाबीच बराबरी, लालीगुराँसले सङ्कटालाई हरायो
काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र सङ्कटा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि दुवै टोलीले १–१ अङ्क जोडेका छन् । यस...

ट्रम्पले कब्जा गर्ने धम्की नछाडेपछि युरोपेली सेना ग्रीनल्यान्डतिर प्रस्थान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की नछाडेपछि डेनमार्क र उसका सहयोगीहरूले अभ्यासको तयारी गरिरहेका बेला फ्रान्स र जर्मनीका सैन्य कर्मचारीहरू ग्रीनल्यान्ड पुग्न थालेका छन् । वाशिङ्गटनमा अमेरिका, डेनमार्क र ग्रीनल्यान्डका ...

झापामा दुई वटा गाडी ठोक्किँदा आमा–छोराको ज्यान गयाे
झापा – झापामा दुई वटा गाडी आपसमा ठोक्किँदा आमा–छोराको ज्यान गएको छ । दुर्घटनामा अरू ११ जना घाइते भएका छन् । बिर्तामोडबाट माईधारतर्फ गुडिरहेको मालवाहक गाडी र विपरीत दिशामा गुडिरहेको यात्रुवाहक बस बिहान साढे ९ बजेतिर एकआपसमा ठोक्किका हुन् । दुर्घटनामा...

साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले माल्दिभ्सलाई ५ गोलले हरायो
काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको छ । थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो । जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा...

कांग्रेस विवाद र चुनावी अन्योल : अब निर्णय निर्वाचन आयोगको काँधमा
नेपाल कांग्रेसभित्रको विवाद औपचारिक रूपमा शुरू भइसकेको छ । शेरबहादुर देउवा पक्ष (संस्थापन पक्ष) ले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिइसकेको छ । विशेष महाधिवेशन पक्ष अर्थात् गगन थापा पक्षले पनि आफ्नो केन्द्रीय कार्यसमित...

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दियो
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति गगनकुमार थापासहितको टोली कानूनविद्हरूसमेत लिएर आयोग कार्यालयमा पुगि पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दि...

६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन
काठमाण्डाै – सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार यो रकम पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्...

नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
काठमाण्डाै – आजदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थिय...

हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार र निद्रालाई हानि : अध्ययन
हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानले देशभरका ५ वटा विश्वविद्यालयका औसत उमेर २० वर्ष...

अफगानिस्तानका खेलाडीले वर्षमा ३ वटा मात्र विदेशी टी–२० लिग खेल्न पाउने
काठमाण्डाै – अफगानिस्तानका खेलाडीहरूले वर्षमा तीन वटा मात्र टी–२० क्रिकेट लिग खेल्न पाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) को नयाँ नीतिअनुसार अब खेलाडीहरूले पाँच टोलीको फ्रेन्चाइजीमा आधारित टी–२० लिग खेल्नुका साथै तीन वटा अन्तर्राष्ट्रिय...

विशेष महाधविशेनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा
काठमाण्डाै – विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न सभापति गगन थापासहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोली आयोग पुगेको हो । यसअघि बिहान बसेको बैठकले आयोगमा ...

चीनतर्फको डढेलोका कारण तातोपानी नाका फेरि बन्द
काठमाण्डाै – चीनतर्फको जङ्गलमा लागेको डढेलोका कारण बन्द भएर हिजो खुलेको तातोपानी नाका आजदेखि फेरि बन्द भएको छ । न्यालम र खासा क्षेत्रको सीमावर्ती वन क्षेत्रमा आइतवार रातिदेखि लागेको ठूलाे डढेलोका कारण सोमवारदखि ठप्प भएको नाका हिजो केहीबेर खुलेको थिय...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : पर्वत खण्ड मर्मत शुरू
पर्वत – पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत शुरू गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सीमाना नयाँपुलदेखि पर्व...

अमेरिकी राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति रोड्रिगेजबीच कुराकानी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग कुराकानी भएको र दुई देशबीचको सम्बन्ध उच्चस्तरमा अघि बढिरहेको बताउनुभएको छ । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भए...

स्वास्थ्य बीमा कार्यक्रमको १ दशकमा स्रोतको अभाव झन् गहिरिँदै
काठमाण्डौ – नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशकमा पहुँच विस्तार भए पनि आम्दानी र खर्चबीचको खाडल गहिरिँदै गएको छ । अहिले झन्डै ६८ लाख नागरिक सक्रिय बीमित छन् र कार्यक्रम ७७ जिल्लाका ७ सय ५० पालिका र ५ सय १० अस्पतालमा सञ्चालनमा छ । बीमा ...

आज राष्ट्रिय योग दिवस मनाइँदै
काठमाण्डौ – आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले २०७२ सालदेखि हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । योग गुरुहरुका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि ...

निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
काठमाण्डौ – प्रतिनिधिसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गएको मङ्सिर ९ गतेदेखि शुरू भएको प्रदेशस्तरीय सुरक्ष...

हिजो कीर्तिमान बनेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो
काठमाण्डौ – हिजो कीर्तिमान कायम गरेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ...

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जना श्रमिकको ज्यान गयो
काठमाण्डौ – सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना श्रमिकको ज्यान गएको छ । ४ जना सामान्य घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ मार्वल र टायल लिएर जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा अनियन्त्रित ...

सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
चितवन – केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो । ...

नेपाल सहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा स्थगित
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुनेछ । यो निर्णयले नेपालसहित दक्षिण एशियाका देश...

माघीपर्वलाई संस्कृति, उत्सव र मुक्तिको स्मृतिका रुपमा मनाउँदै थारु समुदाय
काठमाण्डौ – थारु समुदायमा आज धुमधामका साथ माघीपर्व मनाईदैछ । माघीलाई थारु समुदायले नयाँ वर्ष, सामाजिक पुनरावलोकन र स्वतन्त्रताको प्रतीकका रूपमा मनाउँदै आएका छन् । गाउँदेखि शहरसम्म माघीको आगमनसँगै घरआँगन, चोक र सार्वजनिक ठाउँहरू उत्सवमय बनेका छन् । म...

कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगमा
काठमाण्डौ – नेपाली कांग्रेस औपचारिक रुपमा विभाजन भएसँगै गगन थापा र शेरबहादुर देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने भएका छन् । अब पार्टीको झन्डा र चुनाव चिह्न रुख कसले पाउने भन्ने विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले महामन्त्...

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा ३२ ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् । सिखियो जिल्लामा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको र...

काठमाण्डौको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज तापक्रम केही बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । त...

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै
काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने...

इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता
इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ । यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ । पश्चिमी ...

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेल विहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसी र दोस्रो खेल दिउँँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसअघि ...

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो
काठमाण्डौ – ड्यारिल मिचेलको नटआउट १ सय ३१ रनको मद्दतमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हराउँदै एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी बनाएको छ । हिजो राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गु...

कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : गगन थापा
काठमाण्डौ – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभापति पदमा निर्वाचित भएपछि गएराति विशेष महाधिवशेनस्थल...

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
काठमाण्डौ – महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले हिजो ती ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)
काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । काठमाण...

बलरा नगरपालिकाका मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका मेयर रामा शङ्करप्रसाद कुशवाहासहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मेयर कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार साह, लेखापाल राजकुमार महतो, तत्कालीन योजन...

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन
काठमाण्डाै – भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सतर्कता अपनाउन निर्देशन दिएको छ । गएको सोमवार पश्चिम बङ्गालमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको ल्याबमा जाँच गर्दा निपाह भाइर...

राष्ट्रिय लिग फुटबलमा भगवती र चर्च ब्वाइजबीच बराबरी
काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचकाे खेल बराबरीमा सकिएकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको दाेस्राे खेलमा दुवै टाेलीले १–१ गाेल गरे । भगवतीका हरिहर बुडा मगर र चर्च ब्वाइजका एरिक वि...

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नेतृत्व रुसी अन्तरिक्षयात्रीलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को कमान्ड अमेरिकाबाट रुसमा हस्तान्तरण भएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अन्तरिक्षयात्री माइक फिन्कले आईएसएसको नेतृत्व रुसी अन्तरिक्षयात्री सर्गेई कुड–स्वेर्च्काेफलाई हस्तान्तरण गर्नुभएको बीबीसीले जना...

वित्तीय प्रणालीमा एक वर्षमै साढे नाै हजार शङ्कास्पद कारोबार
काठमाण्डाै – नेपालको वित्तीय प्रणालीमा शङ्कास्पद कारोबारको दर बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा शङ्कास्पद कारोबारका ९ हजार ५ सय ६५ वटा उजुरी प्राप्त भएका छन् । याे सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा...

अन्ततः फुट्यो कांग्रेस
काठमाण्डाै – नेपाली कांग्रेसभित्र रूपान्तरण चाहने र नचाहनेबीचको सङ्घर्ष बढ्दै जाँदा देशको सबैभन्दा ठूलो दल विभाजन भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरे पनि देउवा पद छोड्न...

कांग्रेस विशेष महाधिवेशन : राति ८ बजेदेखि मतदान
काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनकाे निर्वाचन समितिले सूचना निकालेर मतदान राति ८ बजेदेखि शुरू हुने जानकारी दिएको हो । निर्वाचन समितिका अनुस...

जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बाेधन गर्दै महामन्त्री शर्माले पार्टीलाई परिवर्...

विराट कोहली ४ वर्षपछि एकदिवसीय वरीयताको शीर्ष स्थानमा
काठमाण्डाै – भारतका स्टार क्रिकेटर विराट कोहली आईसीसी एकदिवसीय वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । भारतकै रोहित शर्मालाई पछि पार्दै ३७ वर्षीय कोहली एक स्थान सुधार गरेर चार वर्षपछि ब्याटिङ वरीयतामा पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । आइत...

हाम्रो माग देउवाबाहेक अरूलाई प्रधामन्त्री तोकेर जाऔँ भन्ने मात्रै हो : गगन थापा
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदाे चुनावमा प्रधानमन्त्रको नयाँ उम्मेदवार तोकेर जाने मात्रै आफूहरूको माग रहेको बताउनुभएको छ । आज नेपाली कांग्रेसको विशेष महाधिवेशमा सम्बाेधन गर्दै महामन्त्री थापाले आफूलाई प्रधानमन्त्री पद नचाह...

कांग्रेस केन्द्रीय समितिको निर्णय महाधिवेशन हलबाट खारेज
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय समितिले गरेको महामन्त्रीद्ववमाथिकाे कारबाहीलगायतका निर्णयहरू विशेष महाधिवेशन हलले खारेज गरेको छ । विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले त्यो समितिले गरेका सबै निर्ण...

शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालाे लाग्याे
काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह २ दशमलव ५५ प्र...

देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई गर्याे ५ वर्षको कारबाही
काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका ला...

अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुग्यो
चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर धेरैको वस्तु तथा सेवा निर्यात गरेको छ । अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुगेको हो । अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय ब...

राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबको विजयी शुरुआत
काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबले विजयी शुरुआत गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापाग...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको छ । बिहान ८ बजे बोलाइएको बैठक केहीबेरअघि शुरू भएको हो । यसअघि हिजो दिउँसो १ बजेका लागि बोलाएको बैठक बेलुका स्थगित भएको थियो । कांग्रेस संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच पटक पटक छलफल...

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
काठमाण्डाै – राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो । एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरु...

माघ महिनाका लागि पनि ब्याजदर घट्यो
काठमाण्डाै – वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् । २० मध्ये १२ वटा बैंकले पुस महिनाको त...

वार्मअप खेलमा नेपाली महिला टोली आयरल्यान्डसँग ९९ रनले पराजित
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको वार्मअप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ...

खोपले निमोनियाको जोखिम कम गर्छ, तर ज्येष्ठ नागरिकलाई निःशुल्क गर्न सकिएको छैन
जाडोको यो बेला दिन प्रतिदिन चिसो बढ्दैछ । यो समयमा बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । छाती वा फोक्सोमा सङ्क्रमण बढ्दा निमोनिया हुन्छ । कुनै पनि कीटाणु, जीवाणु वा विषाणुले फोक्सोमा असर गरेपछि निमोनिया हुन्छ । यसले ज्वरो आउने,...

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते
थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले ...

चाकु बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)
काठमाण्डाै – माघेसङ्क्रान्तिका लागि टाेखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । टाेखाका व्यवसायी चाकु तयार पारेर बजारमा पठाउन व्यस्त छन् । नेपालको हिमाली र पहाडी भेगमा माघेसङ्क्रान्तिलाई जाडोयामको अन्त्य र वसन्तको आगमनको सङ्केत मानिन्छ । यो पर्वम...

सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ
काठमाण्डौ – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ । हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका...

सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीचको बैठक फेरि बस्ने गरी सकियो
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज बिहान भएको बैठक सकिएको छ । उहाँहरुबीच फेरि अर्को चरणमा कुराकानी हुने भएको छ । आज बिहान महाराजगञ्जमा भएको छलफलमा सभापति देउवाले पार्टीलाई एकतावद्...

चीनमा शेयर बजारको विश्लेषण र भविष्यवाणी गर्ने एआई मोडल सार्वजनिक
चीनले पहिलोपटक मौसम परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभाव विश्लेषण गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ । चीनको मौसम विभाग (सीएमए) का अनुसार यो पहल जलवायु जोखिम व्यवस्थापनतर्फको एक महत्त्वपूर्ण प्रगतिशील कदम हो । ‘शाङ्जी–१’ ना...

कांग्रेसका सभापति देउवा र दुई महामन्त्रीबीच छलफल चल्दै
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वयबीच अहिले छलफलमा भैरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको विशेष महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेसँगै सभापति देउवा आफैँ छलफलमा जुट्नुभएको...

डिजिटल अर्थतन्त्रको औपचारिकीकरण चुनौतीपूर्ण
काठमाण्डौ – नेपालभित्रका दुई सय ४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७ सय व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँ...

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला हुने
काठमाण्डौ – चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा भोलि माघ १ गते बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालले ...

आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने
काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा बिजुली काटिने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी...

अन्तरिक्षमा पठाएको नेपाली भू–उपग्रह ‘मुनाल’ मा प्राविधिक समस्या
काठमाण्डौ – नेपालले भारतको सहयोगमा प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनालमा प्राविधिक समस्या आएको छ । प्रक्षेपणकाक्रममा प्रारम्भिक चरण सफल भए पनि तेस्रो चरणमा समस्या आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले जनाएको छ ...

देशभर पश्चिमी वायुको आंशिक प्रभाव : काठमाण्डौको न्यूनतम तापक्रम आज हिजोको भन्दा कम
काठमाण्डौ – आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । दिउँसोपछि क्रमशः हुस्सु/कुहिरो हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाल...

राष्ट्रिय लिग फुटबल आजदेखि शुरू हुँदै
काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ । राष...

कांग्रेस विभाजनको संघारमा : सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै
काठमाण्डौ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी जोगाउन र विवाद मिलाउन भन्दै शीर्ष नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् । गएराति अबेरसम्म भएको छलफलमा भने निष्कर्ष निस्कन सकेन । हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्क...

सरकारविरोधी प्रदर्शन क्रममा इरानमा २ हजारभन्दा धेरैको ज्यान गैसकेको दाबी
इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा धेरैको ज्यान गैसकेको एक अमेरिकी मानवअधिकार संस्थाले दाबी गरेको छ । ह्युमन राईट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० प्रदर्शनकारी, १ सय ३५ सरकारी पक्...

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो
काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । नेपालका मन...

यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी दिएको छ । डब्ल्यूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याककेनले ३१ करोड ८० लाखभन्दा धेरै मानिसले खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेका बत...