जम्मूकाश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप : ६ जनाविरुद्ध अभियोग दर्ता - ujyaaloonline.com
Source: unn
भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध अभियोग दर्ता गरेको छ । आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अभियोग लगाइएकामध्ये तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना अहिले भारतीय हिरासतमा रहेका छन् । गएको अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटकहरू रहेका थिए । घटनापछि भारत र पाकिस्तानबीच तनाव चुल...