यू–१९ एशिया कप : अफगानिस्तानसँग नेपाल १ सय २४ रनमा अलआउट - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ सय २५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २४ रन बनायो । नेपालका दिलसाद अलीले सबैभन्दा धेरै ३२, चन्दन रामले २७, अभिषेक तिवारीले २० रन बनाए । अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ तथा अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २/२ विकेट लिए । नेपाल र अफगानिस्तान दुवै यसअघि नै...