नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रीकृत सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको दोस्रो चरणका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार एशियाली विकास बैंकले नेपाल सरकारलाई १० करोड अमेरिकी डलर अर्थात् झन्डै १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ । २४ वर्ष अवधि रहने ऋणको शुरूका आठ वर्ष भुक्तानी छुट रहने व्यवस्था छ । ऋणको ब्याजदर पहिलो चरणमा १ प्रतिशत र त्यसपछिका व...