टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री समेत रहनुभएका घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देव टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गरी नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्ने विषयमा भारतीय पक्षसँग निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको उल्लेख गर्नुभयो । कञ्चनपुरको सुक्खाग्रस्त झन्ड...