फागुन २१ को चुनावका लागि ७० प्रतिशत काम सम्पन्न : निर्वाचन आयोग - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत काम सम्पन्न भएको र तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । निश्चित प्रक्रिया पूरा गरेर चुनाव सम्पन्न गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले...