एमालेको नयाँ नेतृत्वका लागि मतदान शुरु हुँदै : नेता–कार्यकर्ता मत माग्न व्यस्त - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको अवस्थामा मतदानको तयारी भइरहेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । कुल ३ सय १ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आ...