थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय - ujyaaloonline.com
Source: unn
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ । ती पाँच वटा देशहरुमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । अमेरिका प्रवेशमा थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो पछिल्लो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो । प्रशासनले सुरक्षा जोखिमको ...