पोखरा विमानस्थलका आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवम् पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुनकर्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध २ कराेड ५० लाख ३४ हजार रुपैयाँ बराबरकाे बिगाे कायम गरेकाे छ । अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा यसअघि ५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।