आउँदो आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरू - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया शुरू भएको हो । प्रदेश तथा पालिकाका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आउँदो माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ । प्रदेश र पालिकाले अन्य स्रोतबाट कार्यान्वयन गर्ने आयोजना वा कार्यक्रम र सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमसँग दोहोरो ...