Redirecting...

एलन मस्क ६ खर्ब डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति - ujyaaloonline.com

एलन मस्क ६ खर्ब डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति - ujyaaloonline.com
Source: unn

अमेरिकी अर्बपति एलन मस्क ६ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति हुनुभएको छ । फोर्ब्सका अनुसार सोमवार मस्कको कुल सम्पत्ति ६ खर्ब डलर नाघेको र अहिले झन्डै ६ खर्ब ७७ अर्ब डलर पुगेको छ । मस्कको सम्पत्ति तीव्र गतिमा बढ्नुमा उहाँको अन्तरिक्ष कम्पनी स्पेसएक्स रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्याङ्कन अहिले ८ खर्ब डलर पुगेको छ । मस्कसँग स्पेसएक्सको झन्डै ४२ प्रतिशत स्वामित्व छ । स्पेसएक्सको मूल्याङ्कन वृद्धिबाट उहाँको सम्पत्तिमा १ खर्ब ६८ अर्ब डलर थपिएको खबरमा उल्लेख छ । यसअघि गएको अक्टोबरमा मस्क ५ खर्...