
वित्तीय संघीयता कार्यान्वयन सुदृढ गर्न एडीबीको सहयोग
काठमाडौँ– नेपालमा वित्तीय संघीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ। सार्वजनिक वित्त...

अन्तर्राष्ट्रिय यातायात मार्ग अघि बढाउने रुस र इरानको तयारी
रुस र इरानले दक्षिण एशियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रुसी यातायात उपप्रधान...

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्। विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन्। मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्ने उनीहरू...

बागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशत
बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ। चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हज...

मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?
काठमाडौँ– दुई सातादेखि जनकपुरधामकी बेबी देवी झा राम्रोसँग निदाएकी छैनन्। छोरीको मृत्यु वियोगमा उनी अचेतजस्तै छिन्। आँखाबाट प्रायः आँसु झरिरहन्छ, मुखबाट लवज निस्किँदैन। बोले पनि केवल एउटै वाक्य दोहोर्याउँछिन्, “मेरो छोरीलाई न्याय दिलाइदिनुस्।” बेबी द...

तोलामा ७०० रुपैयाँले बढ्यो सुन
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदी ...

एमाले नेतृत्व चयनका लागि मतदान शुरू
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ। काठमाडौँको भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केही ढिला गरी शुरू भएको हो। शुरूमा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरे...

कमरेड दक्षप्रजापति!
ब्रह्माका पुत्रसमेत मानिने दक्ष प्रजापतिको बिथोलिएको महायज्ञको प्रसंग 'स्वस्थानी व्रतकथा'मा आउँछ। यसको मूलकथा शिवपुराणमा छ। काठमाडौँ तथा पहाडी क्षेत्रका खस आर्यहरूले स्वस्थानी व्रतकथा माघ महिनाभर वाचन गर्ने गर्छन्। प्रजापतिमध्ये एक हुन् दक्ष प्रजापति...

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने
काठमाडौँ– निर्वाचन आयोगले चुनाव प्रचारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्...

चुरेफेदको मेनहरवा गाउँमा खानेपानीको संकट
सिरहा– लहान नगरपालिका-१५ स्थित मेनहरवा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको संकट झेल्दै आएका छन्। चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ। करिब ३५ दलित घरपरिवार रहेको य...

यस्तो रहनेछ बुधबारको मौसम
काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको छ। पश्चिम तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो देश...

शुरू भयो बजेट निर्माण प्रक्रिया, प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग
काठमाडौँ– आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया ...

निर्वाचन तयारीः ७० प्रतिशत काम सकियो, खर्च नियन्त्रणमा आयोग सचेत
काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका म...

एमाले महाधिवेशन : मतदान स्थगित, बुधबार बिहान ८ बजेदेखि हुने
काठमाडौँ– नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत मंगलबार हुने निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै स्थगित भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तालिका तय भएको थियो। केन्द्रीय निर्वाचन आयोगले म...

विस्फोटक पदार्थसम्बन्धी कसुरमा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार लामा पक्राउ
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ। धनकुटा स्थायी घर भई हाल काठमाडौँ...

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ घाइते
हेटौँडा– मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, लु.५ त १४७ नम्बरको ट्याक...

वार्ताअघि युक्रेनका लागि फ्रान्सले राख्यो यस्तो शर्त
रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग हस्तान्तरण गर्नुपर्ने विषयमा हुने कुनै पनि वार्ताअघि युक्रेनका लागि ‘बलियो सुरक्षा ग्यारेन्टी’ सुनिश्चित हुनुपर्ने फ्रान्सले स्पष्ट अडान लिएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनको टोलीले मंगलबार यस्तो धा...

पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय
काठमाडौँ– “खुलामञ्च अब सधैँका लागि खुल्ला हुँदैछ....।” गत कात्तिक २७ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्चबारे साढे ३ मिनेटको भिडियो फेसबुकमा पोस्ट गर्दै यस्तो लेखेका थिए। मेयर निर्वाचित हुनुअघि सम्पदाप्रेमीका रूपमा आफूलाई चिनाएका, ...

माथिल्लो अरुण आयोजना निर्माण गर्न काटियो २ हजारभन्दा बढी रूख
संखुवासभा– भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रूख काटिएको छ। भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रूख काटिएका हुन्। माथिल्लो अरुण आयोजना र पहुँचमार्...

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित, दुई जनाको उम्मेदवारी खारेजी
काठमाडौँ– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन्। उपाध्यक्ष पोखरेलका अ...

हिंसा भड्काएको अभियोगमा पाकिस्तानी धर्मगुरुलाई ३५ वर्ष कैद सजाय
पाकिस्तानको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ। यो सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आ...

नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको हो। यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३२५ कम्पनी...

५ महिनामा ८ प्रतिशत मात्र विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को शुरूआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ। गत मंसिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर मसान्तसम्म ३३ अर्ब ८७ करो...

आफू निकट असन्तुष्टलाई फकाउँदै ओली, उम्मेदवार नभएको घोषणा गर्न दबाब
काठमाडौँ– नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको मतदानअघि निवर्तमान अध्यक्ष केपी शर्मा ओली समूहले आफ्नो टिमका असन्तुष्ट पक्षलाई मनाउन थालेको छ। सोमबार ओली प्यानलबाट उम्मेदवारमा नपरेपछि केही नेताहरू असन्तुष्ट भएका छन् भने केहीले नेतृत्वको न...

सामाजिक सञ्जालमा प्रेम गरी बिहे गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
बाँके– भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव ...

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ। थाइल्यान्डका पूर्व अलराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस...

‘नीति निर्माण गर्दा नै प्रवासी मताधिकारलाई प्राथमिकता दिइएन’
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्न सक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेश...

पानोरामा सम्पादनको विषयमा ट्रम्पद्वारा बीबीसीविरुद्ध मानहानिको मुद्दा
काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा पानोरामा वृत्तचित्रमा गरिएको आफ्नो भाषणको सम्पादनलाई लिएर बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन्। फ्लोरिडा अदालतमा दायर मुद्दामा ट्रम्पले अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्। ५ अर...

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान: ८० 'ई-भोटिङ मेसिन'को प्रयोग
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ। नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर...

एउटै कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री
स्याङ्जा– यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख रुपैयाँ भित्र्याएको हो। विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगद...

राजनीतिक अन्योलबीच आशा जगाउने एनपीएल
मङ्सिर १ गते सुरु भई झन्डै चार हप्तासम्म चलेको एनपीएल भर्खर सकियो। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाईट्सको उज्यालोमा एनपीएल सम्पन्न भयो। करिब ५० भन्दा बढी विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट कमेन्टेटर, स्टेडियममा दैनिक हजारौँ दर्शक, ...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काठमाडौँ– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम बिदेसिने गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ। अ...

ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का
काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा यतिबेला नेकपा (एमाले) को ११औँ महाधिवेशनको रौनक छाएको छ। देशभरबाट आएका प्रतिनिधि र कार्यकर्ताको बाक्लो उपस्थितिले महाधिवेशनस्थल तातिएको छ। तर, बाहिर जति उत्साह देखिए पनि नेतृत्व चयनको भित्री रस्साकस्सीले भने आकांक्षी...

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय मगाउन आदेश
काठमाडौँ– विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा फाइल झिकाउन आदेश जारी गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार मु...

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
काठमाडौँ– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर...

प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए
काठमाडौँ— प्रभु बैंकमा भएको कर्जा हिनामिना प्रकरणमा एकपछि अर्को संलग्नता खुल्न थालेको छ। यो प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओमप्र...

प्रभु बैंकका सीईओसहित ४ अधिकारीको बैंकिङ कसुर मुद्दामा पुनः ५ दिन म्याद थप
पाटन– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित चार उच्च अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा सोमबार भएको सुनुवाइपछि अनुसन्धानका लाग...

एनपीएलमा लय समातेका खेलाडीले विश्वकप टोलीमा पाउलान् मौका?
काठमाडौँ- नेपालले २०२६ फेब्रुअरीबाट भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्न लागेको आईसीसी टी२० विश्वकपमा सहभागिता जनाउँदै छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भर्खरै सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल वेस्ट इन्डिज, बांग्लादेश, इंगल्यान्ड ...

भारु २०० र ५०० दरका नोट २५ हजारसम्म बोक्न पाइने, उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
काठमाडौँ– सरकारले भारतीय रुपैयाँ (भारु) २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासनमा आएका ती दरका नोटहरू नेपाली तथा भारतीय नागरिकले भारत...

४ महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स
काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत...

यू१९ एशिया कपः बांग्लादेशसँग नेपाल ७ विकेटले पराजित
काठमाडौँ– एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बांग्लादेशसँग सात विकेटले पराजित भएको छ। नेपालको यो दोस्रो पराजय हो। यसअघि नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो। संयुक्त अरब इमिरेट्स (य...