सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा - ukaalo.com
Source: uklo
म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्। विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन्। मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्ने उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन्।