
ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो
काठमाडौं – ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीलाई स्थानीयले कालोमोसो दलेका छन् । – उनीहरुले ऋण असुलीमा गएकाहरुलाई कालोमोसो दली, कुटपिट गरेर गाली गलौज गरेका हुन् । गत २५ गते अर्थात् बिहिबार स्थानीयले बैंकका कर्मचारीलाई कालोमोसो दलेर क...

मावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय र सांस्कृतिक–भाषिक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताएकि छिन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् ...

ओझाको रिटमा सर्वोच्चले भन्यो, पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेश गर्नु
काठमाडौं – सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष शरद ओझाको रिटमा छानविन प्रतिवेदन पेश गर्न भनेको छ । अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाले संयुक्त आदेश जारी गर्दै ओझाको पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेश...

भक्तपुरबाट सुन चाँदीका गरगहनासहित १० जना पक्राउ
काठमाडौं – पक्राउ पर्नेमा आशिष केसी, सरोज भुजेल, दिपक गहतराज, विशाल विश्वकर्मा, सरस्वती पुरी, सरोज राई, सुजन दाहाल, सुब्रत मेतिया सुमन दर्नाल र सुवाश विश्वकर्मा रहेका छन्। पक्राउ परेका मध्ये विशाल विश्वकर्माको साथबाट तौल ०.८०४ तोलाको गालिएको ...

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भण्डारी बने सेबोनका सञ्चालक
काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालकमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भण्डारीलाई अर्थमन्त्री रामेश्वर खनालले सेबोनको सञ्चालकमा नियुक्त गरेका हुन् । सेबोनको सञ्चालकमा भण्डारीले नियुक्...

निवर्तमान अर्थसमिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोड ६८ लाख बिगो दाबी
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। विघटित प्रतिनिधिसभाका सांसद एवम् अर्थ समिति सभापति चालिसेविरुद्ध...

पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
काभ्रेपलाञ्चोक- निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्याइएको छ । योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हु...

मिड सोलु हाइड्रोपावरका सञ्चालक जोशीले दिए राजीनामा
काठमाडौं – मिड सोलु हाइड्रोपावरका सञ्चालक दीपक राज जोशीले राजीनामा दिएका छन्। जोशीले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन्। जोशीले मंसिर २२ गतेको पत्रबाट दिएको राजीनामा कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत...

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लेखापरीक्षक नियुक्त
काठमाडौं – साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सो कार्यकालागि एन.बि.एस.एम.एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टस लाई नियुक्त गर्...

नेप्से दोहोरो अंकले घट्दा यी ५ कम्पनीका लगानीकर्ताले गुमाए सबैभन्दा बढी
काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.५० अकंले घट्दा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा सिटि होटल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित...

शेरचनविरुद्धको अनुसन्धानमा प्रहरीलाई गिज्याइरहेको त्यो २५ लाखको तस्बिर….
काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को थुनामा छन्। वषौंदेखि प्रहरीमा परेको उजुरीबाट उन्मुक्ति पाउँदै आएका शेरचनलाई यस घटनाको अनुसन्धान समेत प्रभावित पार्न सक्ने प्रश्नहरू प्रश्नह...

नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम सामान्य बढ्यो
काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोराे अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२.५० अकंले घटेर २५ सय ८४ दशमलव ८७ को बिन्दुमा कायम भएको छ। आज ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ...

कुमारी बैंकले बोलायो २५ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई २५ औँ वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सो सभा बोलाएको हो। बैंकले यस अघि...

‘काम अलपत्र पारे ठेक्का रद्द गरिने’
तनहुँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह...

कृषि क्षेत्रबाट लगानीअनुसारको प्रतिफल आउन सकेन : गभर्नर पौडेल
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा लगानी भएअुसारको प्रतिफल आउन नसकेको बताएका छन् । एक कार्यक्रममा उनले कृषिका उल्लेख्य लगानी हुँदा पनि उपलब्धी भने हासिल हुन नसकेको बताएका हुन् । गभर्नर पौडेलकाअनुसार हाल कृषिमा ६ खर्...

गभर्नरलाई बर्खास्त गरेर बैंक वित्तीय संस्थाको मनपरी नियन्त्रण गर्नुपर्छः जेनजी युनाइटेड
काठमाडौं – जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गरेको छ। जेनजी युनाइटेडका संयोजक जनक परियारले गभर्नरलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा विगत केही सम...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक भण्डारीको राजीनामा स्वीकृत
काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक राजेन्द्र सिंह भण्डारीले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीले सो पदबाट दिएको राजीनामा स्वीकृत भएको हो। भण्डारीले सो पदबाट मंसिर...

जग्गा खरिद गरिएको ७ वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरिएको ७ वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन । मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वि...

गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश घोषणा नगर्ने
काठमाडौं – गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २७ गते आज बसेको बैठकको निर्णयले लाभांश नदिने निर्णय गरेको हो। सोही अनुसार गत आर्थिक वर्षक...

अभिलेख जलेपछि बाँके यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट
बाँके – जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा ...

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
मोरङ – जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक...

बिपी उद्यान अतिक्रमण गरी व्यवसाय गर्नेलाई वीरगञ्ज महानगरले हटायो
पर्सा – वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए। ...

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
तनहुँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यव...

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमत...

सर्वसाधारणका लागि पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स
काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पन...

ठगी तथा बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी फेरी पक्राउ
काठमाडौं – ठगी तथा बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ बस्ने ४२ वर्षीय दिनेश कोइराला रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएका प्रहरीका टोलीले रुपन्देहीको सिद्धार्थ...

लक्ष्मी लघुवित्तका शेयरधनीको यस वर्ष पनि हात खाली
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड यो वर्ष शेयरधनीको हात खाली बनाएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा हो। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। संस्था...

लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो वार्षिक साधारणसभा
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले नवौं वार्षिक साधारण सभा पुस १८ शुक्रबार डाकेको हो । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा आम्रपाली ब्याङ्कवेट नक्स...

प्रि ओपन सेसनमा ०.३२ अंकले घट्यो नेप्से
काठमाडौं – आज आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यसदिन सो सेसनमा नेप्से ०.३२ अंक घटेर २६ सय ७ दशमलव ५ को बिन्दुमा कायम भएको छ। आजको प्रि ओपन सेसनभरिमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्...

समता घरेलु लघुवित्तको लाभांश घोषणा
काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्थ...

जेननी आन्दोलनमा भागेका कैदी फाइनान्स चोरीमा संलग्न, चोरीको १० लाख र विभिन्न बैंकका चेकसहित पक्राउ
काठमाडौं – राज श्री फाइनान्सबाट चोरीको १० लाख २३ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भई काठमाडौंको ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल रहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गजुरेललाई ...

जीवन विकास लघुवित्तको लाभांश घोषणा
काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्...

६ जना जुवाडे पक्राउ, ९८ हजार बरामद
काठमाडौं – काठमाडौंको महानगरपालिका– ३१ शंखमुलस्थित होटलबाट जुवा तास खेलिरहेको अवस्थामा जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ६ टिकाथाली बस्ने सुनसरी इटहरी उपमहानगरपालिका– ६ घर भएका ३८ वर्षीय जनक कार्कीसहित ६ जना रहेका छन्...

युके पठाइदिन्छु भन्दै ४ करोड ३९ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने काठमाडौं महानगरपालिका– २७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह...

१० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् मंसिर २८ गते ३५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले १० दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको बोलकबोल अनलाइनमार्फत हुनेछ भने ब्याजदर बोलक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ ...

कोरला सडक आयोजनामा आठ अर्ब खर्च
मुस्ताङ । मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा आठ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्...