इमर्जीङ्ग नेपालको लाभांश घोषणा - bankingsamachar.com
Source: bkns
काठमाडौं – इमर्जीङ्ग नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको १०४ औं बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।