Redirecting...

धरानबाट आठ जना जुवाडे पक्राउ, ३ लाख ९४ हजार बरामद - bankingsamachar.com

धरानबाट आठ जना जुवाडे पक्राउ, ३ लाख ९४ हजार बरामद - bankingsamachar.com
Source: bkns

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा बस्ने ४३ वर्षीय रवि कुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।