Redirecting...

भक्तपुरबाट सुन चाँदीका गरगहनासहित १० जना पक्राउ  - bankingsamachar.com

भक्तपुरबाट सुन चाँदीका गरगहनासहित १० जना पक्राउ  - bankingsamachar.com
Source: bkns

काठमाडौं – पक्राउ पर्नेमा आशिष केसी, सरोज भुजेल, दिपक गहतराज, विशाल विश्वकर्मा, सरस्वती पुरी, सरोज राई, सुजन दाहाल, सुब्रत मेतिया सुमन दर्नाल र सुवाश विश्वकर्मा रहेका छन्। पक्राउ परेका मध्ये विशाल विश्वकर्माको साथबाट तौल ०.८०४ तोलाको गालिएको सुनको ढिक्का १ थान, दिपक गहतराजको साथबाट ०.८०३३ तोलाको गालिएको सुनको ढिक्का १ थान र सरस्वती पुरीको डेराकोठाबाट २९ लालको सुनको तिलहरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, प्रहरीका अनुसार सरोज राईको कोठाबाट कालो प्लाष्टिक जस्तोमा सुनको पाँचओटा धातु जडित ०.७४१ तोलाको बाला १ थान, ६.१७७ तोलाको चाँदीको पाउजु १ जोर, २.०३२ तोलाको चाँदीको सादा कल्ली १ जोर र १।९५३ तोलाको चाँदीको बटारेको कल्ली १ जोर बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।