कृषि क्षेत्रबाट लगानीअनुसारको प्रतिफल आउन सकेन : गभर्नर पौडेल - bankingsamachar.com
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा लगानी भएअुसारको प्रतिफल आउन नसकेको बताएका छन् । एक कार्यक्रममा उनले कृषिका उल्लेख्य लगानी हुँदा पनि उपलब्धी भने हासिल हुन नसकेको बताएका हुन् । गभर्नर पौडेलकाअनुसार हाल कृषिमा ६ खर्ब ८८ अर्ब बढी लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाको धेरै लगानी हुँदा पनि उत्पादन, उत्पादकत्व र किसानको आम्दानीमा सुधार नभएको उनले बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्बाट सिफारिस भएका किसानलाई धितो बिना कर्जा उपलब्ध गराउँदै आएको जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाले कृषिमा निरन्तर कर्जा प्रवाह गरिरहेको बताए । हालसम्म ३१ हजार ४२ जना किसानले सहुलियतपूर्ण कर्जा पाएका छन् । यत, किसानलाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले १० लाख रुपैयाँसम्मको ऋणमा धितो नचाहिने नीति लिएको गभर्नरको भनाई छ । उनले कृषकले उत्पादन गर्न सके पनि बजार, मूल्य, ढुवानी र जोखिम व्यवस्थापनमा समस्या देखिँदा किसानको आम्दानीमा सुधार आउन नसकेको बताएका छन् । गभर्नर पौडेलले कृषिप्रति किसानको आकर्षण घट्दै गएको र ३५ वटा जिल्लामा जनसंख्या घटेको भन्दै लगानी हुँदा पनि उपलब्धि नदेखिनु चिन्ताको विषय रहेको बताए । उनले किसानको फाइदा बढाउने, जोखिम न्यूनीकरण गर्ने तथा बीमा प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताए ।