Redirecting...

३ पटकसम्म धितो लिलामी बिक्री नभएपछि मात्रै बैंकले सकार्न पाउने  - bankingsamachar.com

३ पटकसम्म धितो लिलामी बिक्री नभएपछि मात्रै बैंकले सकार्न पाउने  - bankingsamachar.com
Source: bkns

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एक सर्कुलर नै जारी गरेर गैह्र–बैंकिङ्ग सम्पत्ति सकार, नोक्सानी व्यवस्था र लिलाम बिक्री सम्बन्धी व्यवस्थामा हेरफेर गरेको हो। केन्द्रीय बैंकले व्यवस्था संशोधन गर्दै कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा उक्त धितो बिक्री नभएको खण्डमा मात्र बैंक तथा वित्तीय संस्था आफैँले सकार गर्नुपर्ने बताएको हो। यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने र नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था खारेज गरेको छ। बैंक तथा वित्तीय संस्थाले सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख छ। यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भए जति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसाबमा खर्च लेख्ने ब्यहोरा लेखा नीतिमा उल्लेख गर्नुपर्नेछ। तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ्ग सम्पत्ति बापतको रकम सम्पूर्ण रूपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा/नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैह्र बैंकिङ्ग सम्पत्ति बापतको नोक्सानी व्यवस्थामा सार्नु पर्ने उल्लेख छ ।