Redirecting...

बढ्दो तरलता व्यवस्थापमा चुनौती, राष्ट्र बैंकद्वारा मंसिरमा मात्रै ३ खर्ब बढी तरलता प्रशोचन - bankingsamachar.com

बढ्दो तरलता व्यवस्थापमा चुनौती, राष्ट्र बैंकद्वारा मंसिरमा मात्रै ३ खर्ब बढी तरलता प्रशोचन - bankingsamachar.com
Source: bkns

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणलीमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएर बसेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिदा तरलता व्यवस्थापनमा नै नेपाल राष्ट्र बैंकलाई चुनौती सिर्जना भएको छ । बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार रुपमा निक्षेप संकलन गर्दै आइरहेको छ । राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजाबाट पैसा खिचिरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले मंसिर लागेयता मात्रै ३ खर्ब ५५ अर्बको निक्षेप संकलन गरिसकेको छ । केन्द्रीय बैंकले मंसिर ३ गते ८४ दिनका लागि ५० अर्ब, मंसिर ७ गते ८६ दिनका लागी ५० अर्ब, मंसिर १० गते ४२ दिनका लागि ३० अर्ब, मंसिर १७ गते २८ दिनका लागि ६० अर्ब, मंसिर २१ गते ८४ दिनका लागि ९० अर्ब, मंसिर २४ गते १८ दिनका लागि ४० अर्ब र मंसिर २८ गते १० दिनका लागि ३५ अर्बको निक्षेप संकलन गरेको हो ।