१४ वटा बैंकले ब्याजदर घटाउँदा ६ वटा बैंकको स्थिर, कुनको कति ? - bankingsamachar.com
काठमाडौं – बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वनजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन्। बैंकहरूले पुसका लागि मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.७६ प्रतिशतमा ब्याजदर कायम गरेका छन्। मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो। यस्तै, पुसमा बैंकहरुले मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत कायम गरेका छन्। असोजमा यस्तो निक्षेपमा ३.५८ प्रतिशत ब्याजदर कामय थियो। सञ्चालनमा रहेका २० बैंकमध्ये १४ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएका छन् भने ६ बैंकले मंसिर महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन्। पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.५५ प्रतिशत, एभरेष्ट बैंकले ४.७५ प्रतिशत, नेपाल बैंकले ५.१० प्रतिशत, कुमारी बैंकले ४.५३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.६० प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.७५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् । यस्तै, सिटिजन्स बैंकले ४.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत मंसिरको ब्याजलाई नै निरन्तरता दिएका छन् ।