सर्वसाधारणका लागि पुस ७ गतेदेखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स - bankingsamachar.com
Source: bkns
काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।