Redirecting...

राष्ट्र बैंकद्वारा बैंकका सीईओ र सञ्चालकको विदेश भ्रमणमा कडाइ, सञ्चालक समितिको स्वीकृति अनिवार्य - bankingsamachar.com

राष्ट्र बैंकद्वारा बैंकका सीईओ र सञ्चालकको विदेश भ्रमणमा कडाइ, सञ्चालक समितिको स्वीकृति अनिवार्य - bankingsamachar.com
Source: bkns

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई विदेश भ्रमणमा कडाइ गरेको छ। केन्द्रीय बैंकले विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था गरेको हो। केन्द्रीय बैंकले विदेश भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरूमा सम्बन्धित संस्थाको सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने, सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानु पर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवम् सम्बन्धित इजाजत पत्रप्राप्त संस्थालाई हुने लाभ समेतको विश्लेषण गर्नुपर्ने उल्लेख गरेको छ। यस्तै, विदेश भ्रमण कार्यक्रम मितव्ययी हुने गरी सम्पन्न गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।