जीवन विकास लघुवित्तको लाभांश घोषणा - bankingsamachar.com
Source: bkns
काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्थाले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। सो लाभांभ नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो दरमा वितरण गरिनेछ।