Redirecting...

युनाइटेड इदी मार्दीको लाभांश घोषणा  - bankingsamachar.com

युनाइटेड इदी मार्दीको लाभांश घोषणा  - bankingsamachar.com
Source: bkns

काठमाडौं – युनाइटेड इदी मार्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैंठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिनेछ।