नेप्से दोहोरो अंकले घट्दा यी ५ कम्पनीका लगानीकर्ताले गुमाए सबैभन्दा बढी - bankingsamachar.com
काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.५० अकंले घट्दा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा सिटि होटल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका लगानीकर्ता रहेका छन्। जसमा सिटि होटल, २.२६ प्रतिशत, श्रीनगर एग्रिटेकका लगानीकर्ताले ४.६५ प्रतिशत, लक्ष्मी लघुवित्तका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले गुमाएका हुन्। यससँगै, आरम्भ चौतारीका लगानीकर्ताले ४.३४ प्रतिशत र श्वेत–गंगा हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका हुन्। त्यसैगरी, आज सबैभन्दा बढी स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, एसवाई प्यानल नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.१९ प्रतिशतका दरले कमाएका छन्। साथै, आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज २६ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सिवम् सिमेन्टको ७ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।