Redirecting...

मरिण गाउँपालिकाद्वारा साहित्यकार निरुपम र जमरा सम्मानित - sahityapost.com

मरिण गाउँपालिकाद्वारा साहित्यकार निरुपम र जमरा सम्मानित - sahityapost.com
Source: shpt

सिन्धुली। मरिण गाउँपालिकाद्वारा आयोजित सम्मान तथा वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकामा स्थायी बसोबास गर्दै नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे साहित्यकार बाबुराम श्रेष्ठ (निरुपम) र रुपक जमरालाई सम्मानपत्र प्रदान गरिएको हो। गाउँपालिकाले नेपाली वाङ्मयको उन्नयन तथा सिर्जनात्मक योगदानको कदर गर्दै पहिलोपटक साहित्यकारद्वयलाई सम्मान गरेको जनाएको छ। साहित्यकार निरुपमका देश स्वप्न (२०६३) र बूढो समय (२०७९) कवितासङ्ग्रह प्रकाशित छन् भने २०८२ मा गीतसङ्ग्रह कुमारी माया पाठकमाझ आएको छ। साहित्यकार जमरा भने फुटकर रूपमा कविता लेखनमा सक्रिय रहँदै आउनुभएकाे छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विमला माझीको विशिष्ट आतिथ्यता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, सरोकारवाला निकाय तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा शिक्षा, सामाजिक संरक्षण तथा प्रोत्साहनसम्बन्धी कार्यक्रममार्फत विभिन्न लाभग्राहीलाई सम्मान तथा सहयोगसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।