Redirecting...

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ अर्पण - sahityapost.com

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ अर्पण - sahityapost.com
Source: shpt

काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले नेपाली भाषा–साहित्य, नाटक, ललित कला तथा सङ्गीत साधनामा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका ६ जना स्रष्टालाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ अर्पण गरेको छ। सोमबार काठमाडौंस्थित पर्यटन बोर्डको सभाहलमा आयोजित विशेष समारोहमा प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको सभापतित्व तथा कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। समारोहमा नेपाली नाटक तथा गीत लेखनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएकाे सेवानिवृत्त प्राध्यापक मनबहादुर मुखियालाई ‘अमूल्य कलाश्री सम्मान २०८२’ प्रदान गरिएको थियो। त्यस्तै, निबन्ध, कविता तथा गोरखापत्र र मधुपर्कलगायत विभिन्न पत्रपत्रिकाको सम्पादनमार्फत साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे स्रष्टा श्रीओम श्रेष्ठ रोदनलाई एक लाख रुपैयाँ नगदसहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८२’ प्रदान गरियो।यसैगरी कवि निमेष निखिललाई ७५ हजार रुपैयाँ नगदसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’, चित्रकार एस. सी. सुमनलाई ६० हजार रुपैयाँ नगदसहित ‘थिरछाया राष्ट्रिय कलाश्री पुरस्कार’, साहित्यिक पत्रकार तथा लेखक राजेश खनाललाई ५० हजार रुपैयाँ नगदसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ तथा लोकगायिका एवं सङ्गीत अनुसन्धानकर्ता झुमा लिम्बूलाई ५० हजार रुपैयाँ नगदसहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ प्रदान गरिएको थियो। प्रतिष्ठानका उपाध्यक्ष कवि राजेश्वर कार्कीको स्वागत तथा परिचयात्मक मन्तव्यबाट सुरु भएको कार्यक्रममा समालोचक महेश पौड्यालले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रम सञ्चालन मणि लोहनीले गर्नुभएकाे थियाे ।