Redirecting...

गजलकार कमल संघर्षको गजल सङ्ग्रह लोकार्पण - sahityapost.com

गजलकार कमल संघर्षको गजल सङ्ग्रह लोकार्पण - sahityapost.com
Source: shpt

काठमाडौं। गजलकार कमल संघर्ष द्वारा लिखित गजल सङ्ग्रह एक समारोहका बीच लोकार्पण गरिएको छ। शिखा बुक्स को आयोजनामा सम्पन्न कार्यक्रममा विवेक ओझा, शितल कादिम्बनी, पूर्ण रावल, लेखक कमल संघर्ष तथा प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएकाे थियाे । कार्यक्रममा न्याधन रामन, लक्ष्मण संगम र मदन बुढाले सङ्ग्रहमा समावेश गजलहरू वाचन गर्नुभएकाे थियाे । समीक्षात्मक मन्तव्य व्यक्त गर्दै पूर्ण रावलले कमल संघर्षले गजलमा खस भाषाको प्रयोगमार्फत देशको भाषिक सम्पदामा योगदान पुर्‍याएको बताउनुभयाे । साहित्यकार शितल कादिम्बनीले ‘हियाका कुडा’ अध्ययनपछि आफू प्रभावित भएको उल्लेख गर्दै गजलहरू पुनःपुनः पढ्न मन लाग्ने खालका रहेको धारणा व्यक्त गर्नुभयाे । उहाँले कार्यक्रममा आफूलाई मन परेका गजलहरू गायनसमेत गर्नुभयाे । मदन पुरस्कार विजेता विवेक ओझाले कमल संघर्ष आफ्नो समकालीन स्रष्टा भएको उल्लेख गर्दै उहाँका गजलप्रति आफू सधैँ प्रभावित रहेको बताउनुभयाे । उहाँले ‘हियाका कुडा’ मा पश्चिम नेपालको इतिहासलाई गजलमार्फत प्रस्तुत गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयाे । लेखक कमल संघर्षले आफ्नो तेस्रो कृतिमा पनि पूर्ववर्ती कृतिहरूझैँ मेहनत गरिएको बताउँदै पाठकले कृतिलाई रुचाउने विश्वास व्यक्त गर्नुभयाे । यसअघि उहाँका ‘सडक’ र ‘खुडी’ प्रकाशित भइसकेका छन्। शिखा बुक्सद्वारा प्रकाशित गजल सङ्ग्रह ‘हियाका कुडा’ को मूल्य ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।