Redirecting...

लघुकथा: खिया - sahityapost.com

लघुकथा: खिया - sahityapost.com
Source: shpt

“अब यसरी भएन । केही त गर्नैपर्छ ।” फलामको औँठीले भन्यो । “यो आएदेखि बजारमा हामीलाई हेर्नै छोडे ।”औँठीको कुरामा सही थप्दै फलामकै झुम्का बोल्यो । “हो त नि ! पहिले हामी मात्रै हुँदा खिया लागेपछि मान्छेले खिया फालेर चम्काउनतिर लाग्थे । अहिले फालेर उसैलाई किन्छन् ।” औँठी र झुम्का किन असन्तृष्ट भएको भनेर फुली सोच्दै थियो । उसलाई दु:ख पनि लाग्यो ती दुईको अवस्था देखेर । अनि सम्झाउने विचार गरेर भन्यो । “के भयो साथी ? दु:ख बाँडेर कम हुन्छ भन्छन् । भन्न मिल्ने भए भनम् केरे ।” फुलीको कुरा सुनेर दुवै केही बोलेनन् । एकअर्कालाई हेराहेर मात्रै गरे । “भन न भनेर के हुन्छ ?” फुलीले फेरि आग्रह गर्यो । “केही होइन मित्र । तिमीसँग सल्लाह छ नजिक आऊ न ।”बोलायो औँठीले । फुली नजिक आयो । औँठी फुलीलाई धकेल्यो । अनि मुस्कायो ।