
विस्फोटक ब्याटिङका साथ सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
२० मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग 'एनपीएल' मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित विरा...

शीर्ष नेतृत्वले युवालाई अघि बढाएर देशलाई गति दिने कि उही सिण्डिकेट र अहममा रमाउने ?
२० मंसिर, काठमाडौं । युवाहरूको विद्रोहपछि राजनीति उन्नत रुपमा अघि बढोस् भन्ने जनचाहना देखिन्छ । उनीहरुले दलहरूमा रहेको वृद्ध शरीर, सिण्डिकेट कायम गर्दै सत्ता कब्जा गरिरहने भ्रष्ट नेतृत्वको बहिर्गमन होस्, न्याय सुशासन र विकास अघि बढाउने छोरा, नाति पुस...

प्रभु म्यानेजमेन्टमा देवी भट्टचनको बदमासी : रेमिटमै ६ करोड बढी हिनामिना, ३८ सहकारी ठगिए
२० मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले सहकारी संस्थाहरूलाई तिर्नुपर्ने रकम किटान गरी प्रतिवेदन बुझाएको छ । सीआईबीले प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुरबारे अनुसन्...

७ वटा विद्युत ग्रिड सबस्टेसन स्वचालित भए, ६४ वटाको डेढ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य
२० मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित भएका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्य...

अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि सहसचिव डंगोलले पाए प्राधिकरण महानिर्देशकको जिम्मेवारी
२० मंसिर, काठमाडौं । सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी दिइएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर अख्तियारले बुधबार विशेष अ...
हेटौंडाको मुख्य सडक विस्तार सुरु, अतिक्रमित संरचना हटाउन चलाइयो डोजर
२० मङ्सिर, काठमाडौं । हेटौंडा बजारमा आज शनिबार बिहानैदेखि सडक विस्तार कार्य सुरु भएको छ। हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार सुरु भएको हो । सडक डिभिजन हेटौंडाले मंसिर ५ गते सूचना जारी गर्दै द...

निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
२० मङ्सिर, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
२० मङ्सिर, काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगा...

एनपीएलः आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै
२० मङ्सिर, काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउ...

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भनिन्– ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौं’
१९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् । प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आ...

जेलमा बस्दा चिनेका पूर्वप्रहरीलाई रिहा भएपछि घरमै गएर गरे विभत्स हत्या
१९ मङ्सिर, काठमाडौं । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी...

लुम्बिनी प्लेअफमा पुग्यो, जनकपुर, पोखरा र चितवन एकैचोटि बाहिरिए
१९ मङ्सिर, काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपु...

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
१९ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो । अभियानका संयोजक ...

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त
१९ मंसिर, काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ सांसदको हस्ताक्ष...

फागुनको निर्वाचनबारे बालुवाटारमा सर्वपक्षीय छलफल
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आगामी निर्वाचनबारे सर्वपक्षीय छलफल भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयो...

मेरो १० करोड फसेको छ, देवी भट्टचन र अशोक शेरचनबाटै असुलेर सहकारीको पैसा फिर्ता गर्छु
१९ मंसिर, काठमाडौं । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले प्रभु म्यानेजमेन्टका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनको नियत नबुझेकाले १० करोडको शेयर खरिद गरेको बताएकी छन् । प्रभु म्यानेजमेन्ट प्रालिको अनुसन्धान सकेर नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सी...

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : मुद्दा हेर्न नमिल्ने भएपछि अधिकारी आइतबारसम्म थुनामै रहने
१९ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ । अब उनी आइतबारसम्म थुनामै रहने भएका छन् । विशेष अदालतमा शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
१९ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता,...

जेनजी आन्दोलनपछि महारागजगञ्जमा पहिलो पटक पत्नीसहित सभापति देउवा र अध्यक्ष ओलीको भेट
१९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । ओली जेनजी आन्दोलनबाट प्रधानमन्त्रीको पदबाट पदमुक्त भएका थिए भने देउवामाथि आन्दोलनकारीले निवासमै आक्रमण ग...

जेनजी आन्दोलनपछि महाराजगञ्जमा पहिलो पटक पत्नीसहित सभापति देउवा र अध्यक्ष ओलीको भेट
१९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । ओली जेनजी आन्दोलनबाट प्रधानमन्त्रीको पदबाट पदमुक्त भएका थिए भने देउवामाथि आन्दोलनकारीले निवासमै आक्रमण ग...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताएकी छन् । हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मा...

राप्रपाकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त
१९ मंसिर, जनकपुरधाम । पार्टीको नीति विपरीत मन्त्री बनेकी राप्रपा नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त भएकी छन् । उनलाई सांसद पदबाट पदमुक्त गरेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा ए...

प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् । आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्...

अख्तियार प्रमुखदेखि आरजु राणासम्मका व्यक्तिलाई दिएको धम्कीमाथि अनुसन्धान सुरु, दुई जना पक्राउ
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री रमेश लेखकलगायतका व्यक्तिलाई ज्यानमार्ने धम्की दिने समूह नजिक पुगेको प्रहरीले जनाएको छ...

प्रभु ग्रुपका अध्यक्ष भट्टचनले प्रभु म्यानेजमेण्टको खाताबाट १३ करोड निकाले, ५ करोड जम्मा गरे
१९ मंसिर, काठमाडौं । प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिको प्रतिवेदन बुझाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकसँग सम्बन्धित बैंकिङ कसुरबारे अनुसन्धान गरिरहेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शे...

चार वर्षपछि भारतीय भूमिमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
१९ मंसिर, नयाँदिल्ली । चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनःमापन गर्ने महत्त्वपूर्ण क्षण...

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण : अधिकारीको अदालतमा थुनछेक बहश, यस्तो छ मुद्दाको प्रकृति
१९ मंसिर, काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको थुनछेक बहसका लागि विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालतमा न्य...

झापाको ऐतिहासिक एवं धार्मिक स्थल किचक बध
१९ मंसिर, काठमाडौं । झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, किचक बध । महाभारतमा उल्लेख भए अनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भिमसेनले यहीँ स्थानमा किचक राक्षसको बध गरेका थिए। सदरमुकाम चन्द्रग...

निहीत स्वार्थका राजनीतिक र व्यक्तिगत एजेन्डाले राज्य कमजोर बनाउने काम भयोः नागरिक अगुवा
१९ मंसिर, काठमाडौं । नागरिक अगुवाहरूले निहित स्वार्थकै राजनीतिक र व्यक्तिगत एजेन्डाका लागि दवाव बढाउँदा राज्यका अंगहरू थप कमजोर हुने भन्दै यसबारे सबै गम्भीर बन्न आवश्यक रहेको बताएका छन् । मुलुक गम्भीर चुनौतीमा रहेको बेला यसलाई स्थिरता र लयमा फर्काउने...

मधेश सरकार गठनका लागि सात राजनीतिक दल दाबी पेश गर्ने तयारीमा, समय बेलुका ५ बजेसम्म
१९ मंसिर, जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनीतिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेश गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांस...

हेटौंडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ पठाउने
१९ मंसिर, मकवानपुर । हेटौंडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभाड कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र ...

निर्वाचनको विषयमा छलफल गर्न आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
१९ मङ्सिर, काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज आज सर्वपक्षीय बैठक बोलाएकी छन् । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, नि...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
१९ मङ्सिर, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तर...

एनपीएल: आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
१९ मङ्सिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल अपराह्न ४ः०० बजेदेखि सुरु हुनेछ । छ खेलबाट छ अङ्क जोडेको...

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
१८ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा स...

क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य
१८ मंसिर, काठमाडौं । ओपनर क्रिस लिनको सानदार अर्धशतकमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितका लागि १७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ‘टस’ हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धार...

सुदूरपश्चिम–चितवन खेलमा दर्शकको उत्साह उर्लियो
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारकाे दाेस्राे सुदूरपश्चिम र चितवनबीचको खेलमा दर्शकको उल्लेखनीय उपस्थितिले सम्पूर्ण मैदान उत्साहपूर्ण बनेको छ। दुवै टिमप्रति जोरदार समर्थन व्यक्त गर्न आएका दर्शकहरूले खेलभरि हुटिङ गर्ने, ताली ...

बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार
१८ मंसिर, काठमाडौं । बारम्वार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा स्थानीयहरुले नै रेलिङ लगाउन सुरु गरेका छन् । आजमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको थियो । तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोट...

कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे
१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् । बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया क...

ट्रम्पको दबाबपछि कठिन चरणमा भारत–रुस सम्बन्ध
१५ मंसिर, नयाँदिल्ली । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भा...

एमाले महाधिवेशनको तयारी सुरु
१८ मंसिर, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीस...