Redirecting...

संसद् पुनर्स्थापना गर्नुपर्ने केपी ओलीको अडान, जेनजी आन्दोलन र वर्तमान सरकारबारे के भने? - www.bbc.com

संसद् पुनर्स्थापना गर्नुपर्ने केपी ओलीको अडान, जेनजी आन्दोलन र वर्तमान सरकारबारे के भने? - www.bbc.com
Source: bbcn

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताएका छन्।पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै अन्य दलहरूलाई पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिन आह्वान गरेका छन्।ओलीले भदौ २३ मा जेनजी युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा 'शून्यता सृजना गरी अराजकता फैलाउने दीर्घ तयारीसहितको' गम्भीर षडयन्त्र भएको बताए।भदौको घटनाक्रमपछि काठमाण्डू उपत्यकामा आयोजित सबैभन्दा ठूलो दलीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले जेनजी युवा विरोधी नभएको पनि उल्लेख गरेका थिए।ओलीले थप के भने?आफ्नो सम्बोधनको अधिकांश समय पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटनाक्रमलाई षडयन्त्रका रूपमा चित्रण गरेका थिए।प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई 'असंवैधानिक र अनधिकृत' भनेका ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने जिकिर गरेका थिए।ओलीले दलहरूलाई कमजोर बनाएर देश नबन्ने भन्दै उत्तरदायित्वबिनाका पात्रहरूले देशलाई सङ्कटतर्फ धकेल्ने चेतावनी पनि दिए।चुनावको वातावरण नबनाइएको आरोप लगाएका उनले संसद् पुनर्स्थापनाको पक्षमा उभिन अन्य दलहरूलाई पनि आह्वान गरेका थिए।उनले भदौ २३ र २४ गतेपछि एमालेको सान्दर्भिकता सकियो भन्ने 'भाष्य खडा गर्न खोजिएको' आरोप लगाउँदै अहिलेको सङ्घर्ष पुरानो पुस्ता र नयाँ पुस्ता भन्दा पनि 'देश बनाउने र देश जलाउनेबीच'को भएको बताए।एमालेलाई 'निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने' बताएका उनले पछिल्लो समयमा विभिन्न शक्तिहरूले एमालेमाथि प्रहार केन्द्रित गरेको उल्लेख गरे।युवाहरूलाई अघि बढाउने पक्षमा आफ्नो दल रहेको भन्दै ओलीले जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।पछिल्ला घटनाहरूलाई 'प्रतिगमन' भनेका ओलीले आफ्नो दललाई 'होच्याउने' काम नगर्न चुनौती दिएका थिए। एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको घटनालाई 'युवाहरूको भावनामा खेलेर मुलुकलाई अँध्यारो सुरुङमा लैजाने षडयन्त्र'का रूपमा उल्लेख गर्दै आफ्नो दलले मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने दाबी गरे।उनले आफ्नो पार्टी सरकारबाट बाहिरिएपनि एमाले अझै कमजोर नभएको तर्क गरे। एमाले महाधिवेशनमा जेन जी आन्दोलनको जगबाट केपी ओलीलाई चुनौती केपी ओलीलाई महाधिवेशनमा चुनौती दिने ईश्वर पोखरेलको घोषणाले 'एमालेमा तीव्र ध्रुवीकरण' नयाँ नेतृत्वको चयन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आयोजित विशेष सभामा झन्डोत्तोलन गरी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका थिए।एमालेका नेताहरूका अनुसार महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा नेतृत्व चुन्न २,२६२ प्रतिनिधि सहभागी छन् जसमध्ये १०८ जना मनोनीत गरिएका छन्।यसअघि एमालेले नीतिगत विषयमा छलफल गर्न पार्टीको विधान महाधिवेशन गत भदौ २० देखि २२ गतेसम्म गरेको थियो। यो महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने छ।अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वलाई निरन्तरता दिने आकाङ्क्षा राखेका छन्। विगतमा ओलीसँग निकट रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरेका छन्।तर दुवै पक्षले पदाधिकारीमा उठ्ने आफ्नो प्यानलहरू घोषणा भने गरिसकेका छैनन्। महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको थियो। चुनावको मुखमा ठूला दललाई महाधिवेशन गर्नुपर्ने हतारो किन संसद् पुर्स्थापनाबारे दलहरूको मिश्रित प्रतिक्रिया, अदालतमा पेश भइसकेका रिटको अवस्था कस्तो छ? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।