
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएन : मन्त्री गुप्ता
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएकाले अत्यावश्यक बाहेकका अन्य कामहरु गर्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा...

सौर्य ऊर्जामा लगानी बढ्दो, दुई हजार १०४ मेगावाट क्षमताका ९७ सौर्य आयोजनाले लिए सर्वेक्षण अनुमति
काठमाडौं । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढेको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्याम...

करिब तीन करोड रुपैयाँ लागतमा नदी कटान नियन्त्रण आयोजना सुरु
म्याग्दी । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले दुई करोड ९८ लाखको लागतमा आयोजना निर...

वीपी राजमार्गको पुनर्निर्माणका लागि दुई सिफ्टमा काम गर्न निर्देशन
काठमाडौं । वीपी राजमार्गको पुनर्निर्माण कार्यले गति लिएको छ । गत वर्षको असोज र यस वर्षको असोज–कार्तिकमा परेको ठूलो वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याएको उक्त राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ। दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाएर पुर्ननिर...

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
काठमाडौं । नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल...

निर्वाचन आयोगसहित राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री कार्की
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा आज सर्वपक्षीय बैठक बस्दैछ । अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् । ...

तरकारीको भाउ किन बढीरहेको छ ?
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा ...

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
काठमाडौं । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृ...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव...

एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै प्लेअफको सम्भावना कायमै राख्न र प्लेअफ पुग्न भिडन्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ...

चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ । बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो । सुदूरपश्चिमका...

चौथो पटक म्याद थप गरिएको नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनक...

कांग्रेसमा अब क्षमता र योगदानमा आधारित मुल्यांकन हुन्छ : नेता घिमिरे
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले महाधिवेशन जसरी पनि गराएरै छाड्ने बताएका छन् । बिहीबार अभियानका तर्फबाट आयोजित १५ औं महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले हरेक व्यक्तिलाई कामको आ...

उपमहासचिव रिमालको दाबी : अबको अध्यक्ष केपी ओली नै हो
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले ११ औँ महाधिवेशनबाट पनि हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीनै अध्यक्ष चुनिएर आउने दाबी गरेका छन् । बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले अबको महाधिवेशनबाट केपी शर्मा ओली ...

चितवन टस जितेर बलिङ गर्दै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। ...

सवा करोडमा निर्माणाधिन कोट अस्पताल पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्कविहीन
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण...

आलमको उत्कृष्ट बलिङमा काठमान्डु गोर्खाज बन्यो प्लेअफ पुग्ने दोस्रो टोली
काठमाडौं । शाहब आलमले सानदार बलिङमा काठमान्डु गोर्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेटको कीर्तिमानी बलिङ गर्दा गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली ...

पुटिनको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा देखिएको अमेरिकी दबाबलाई कम गर्ला ?
रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन्। तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध निकै दबाबमा देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि दबाब दिँदै नयाँदिल्लीबा...

मुस्ताङ पुग्ने विदेशी पर्यटकको सङ्ख्या १०.६१ प्रतिशतले वृद्धि
मुस्ताङ। मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको...

एक महिनादेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव, १७ हजारसम्म घट्यो मूल्य
फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मङ्सिरदेखि अलैँचीको मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोब...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
काठमाडौं । नेकपा एमालेले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमाल...

कर्णाली प्रदेश सरकारले ५० लाखभन्दा माथिका सबै योजना आयोजना बैंकमा समावेश गर्ने
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन ...

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
रामेछाप । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि उक्त स्थानमा...

जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनाररसुन्तलाले पहेँलपुर भएको छ। किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनाररसुन्तला फलेका छन् । परम्परागत बाली धान, मकै, को...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती, करिब ३० क्विन्टल उत्पादन गर्ने लक्ष्य
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र...

ट्रम्पले भनेझैँ रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न इच्छुक देखिएका हुन् ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहेको धारणा दिएको बताएका छन् । बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ...

२०३० भित्रै नेपाल दक्षिण एसियाको ‘मोबिलिटी हब’बन्न कति सम्भव?
काठमाडाैं । अहिले युवामा आकांक्षा र असन्तोष दुवै उच्च छ । युवा आकांक्षा र असन्तोष सम्बोधन गर्न सकिने विषय उद्यमशीलता नै हो । युवालाई बदलिँदो परिवेशअनुसार अघि बढ्न प्रेरित गर्दै दिगोपनसँग जोड्नुपर्छ । युवालाई लगानी र मोबिलिटीको समानान्तर शक्तिका रूपम...

पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । काठमाडौंको लिग चरण...

कैलालीका सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ
अत्तरिया (कैलाली) । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ। जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो । सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न...

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस १४ गतेका लागि २५ औँ साधारणसभा डाकेको हो । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बस्ने सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर...

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ आयातमा वृद्धि, चार महिनामा २.९६ अर्ब राजस्व संकलन
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब दुई करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यस नाका हुँदै छ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, ...

भरतपुर महानगरपालिकाको निर्माणाधीन २२१ कोठाको भवन अन्तिम चरणमा
चितवन । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा हाल महानगरपाल...

सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पनि जित्यो ‘बैंक अफ द इयर २०२५’ अवार्ड
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले यस वर्ष पनि प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’अवार्ड जितेको छ। बैंक लगातार दोस्रो वर्ष यो अवार्डबाट सम्मानित भएको हो। बैंकले २०२४ पनि यो अवार्डबाट सम्मानित भएको थियो। फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर पत्र...

यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव
काठमाडौं । मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो । धान भित...

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
काठमाडौ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवाय...

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइन...

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व
काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नया...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौं। यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीद...

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० ग...

एनपिएलः लुम्बिनीको तेस्रो जीत
काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जीत निकालेको छ । जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर् यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्य...

बुढीगण्डकी परियोजना अगाडी बढाउन प्रधानमन्त्रलाई ‘ग्रिन सिंग्नल’ दिँदै अर्थमन्त्रीले भने– कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडी बढाउन समस्या नहुने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा सरोकारवालाहरुले आज गरेको ...

प्रभु बैंकको आर्थिक अपचलनमा मुछिएका गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा शाक्यलाई...

एमएडब्लू अर्थमुभर्सद्वारा ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सञ्चालन
काठमाडौं । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ । कम्पनीले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको हो। ...

सहि ठाउँमा सहि व्यक्तिको छनोट नगर्दा सरकारहरु असफल भए : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशको नेतृत्व गर्नुपर्छ भन्ने आफूलाई लागेको बताएका छन् । काठमाडौंमा बुधबार उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्दै मन्त्री घिसिङले अब देशकै नेतृत्व आफूले गर्नुपर्छ जस्तो लागिरहेको ...

चेम्बरद्धारा मुुख्य सचिवसमक्ष सुरक्षाको प्रत्याभूति र आर्थिक नीतिगत स्थायीत्वका लागि सुझाव
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसंग आज भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले मुख्य सचिव अर्याललाई बधाई एव शुभकामना दिने क्रममा जेनजी आँन्दोलन पछिको अर्थतन्त्र एवं सुधारक...

क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, जनही १३ करोड ५७ लाख ४६ हजार बिगो माग
काठमाडैं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माण सम्बन्धमा भएको अनियमिता सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित अन्...

नेपाल इन्स्योरेन्स कम्पनीको आयोजनामा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु हुने
काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आयोजित फुटसल प्रतियोगिता मंसिर १९ गते शुक्रबारदेखि सुरु हुने भएको छ। सामाखुसी फुटसलमा मंसिर १९ र २० गते आयोजना हुने प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान ७ ३० बजे गरिने तथा खेलहरू बिहान ७:३० बजेदेखि ...

मधेसका मुख्यमन्त्री यादवले २२ दिनमै दिए राजीनामा
धनुषा । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजिनामा दिएका छन् । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गरे । यादवलाई तत्कालीन प्रदेश प्रमुख ...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् । य...

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार ग...

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन ६४४ मेट्रिक टनले घट्यो, किसानले मूल्य पाउँदा झन्डै एक अर्ब आम्दानी
मुस्ताङ । स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् । गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आएको छ । गत वर्षको तुलनामा उत्पाद...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) नियन्त्रणमा लिएको हो। उनलाई पोखरा एयरपोर्टमा भ्रष्ट्रचारको आरोप लाग्दै आएको थियो...

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै, नोभेम्बरसम्म दुई लाख ७३ हजार बढीले गरे भ्रमण
गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको...

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापान सरकारसँग ३१ अर्ब ७६ करोड ऋण सम्झौता
काठमाडाैं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको सहभागितामा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी...

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडकमा कालोपत्र उप्काएर मर्मत सुरु
दमौली (तनहुँ) । मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ। दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो। चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका का...

खेल मनोरञ्जन मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड पनि हो
काठमाडाैं । विश्वका धेरै देशहरूले खेल क्षेत्रलाई आफ्नो अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गरेका छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया वा हाम्रै छिमेकी भारत जस्ता देशमा खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई अर्थतन्त्रको मेरुदण्ड बनेको छ। खेलक्षे...

रुसको मुद्रास्फीति ६ प्रतिशतमा झर्ने
काठमाडौं । रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ। उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताएका हुन् । मार्चमा १० प्रतिशतभन्दा माथि पु...