कामना सेवा विकास बैंकद्वारा बालबालिकालाई सहयोग प्रदान - corporatesamachar.com
Source: copr
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रका बालकालिकालाई आवश्यक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको जनाएको हो । जसमा भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको जनाएको छ । बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम मार्फत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । यस्तै, बैंकले आगामी दिनहरुमा समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।