Redirecting...

प्रधानमन्त्री वा सभापति बन्ने मेरो लालचा छैन् : कोइराला - corporatesamachar.com

प्रधानमन्त्री वा सभापति बन्ने मेरो लालचा छैन् : कोइराला - corporatesamachar.com
Source: copr

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले प्रधानमन्त्री वा पार्टी सभापति बन्ने आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने बताए । पार्टी वा राज्यसत्तामा पुग्ने मोह आफूमा नभएको र कुनै पनि पदले नलोभ्याउने दाबी गरे । कोइरालाले परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्ट पारेका छन् । कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको उल्लेख गरे। डा. कोइरालाले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गरे। कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने उनको भनाइ छ। देश आसन्न निर्वाचनको संघारमा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीनताको अवस्था सिर्जना भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने बताए। महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर भन्दै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्न काठमाडौं आएका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे। पार्टीभित्र सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जानुपर्नेमा उनले जोड दिए। नेपाल न्यूज बैंक