Redirecting...

माछापुच्छ्रे बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट’ लोन सेवा सुरुवात - corporatesamachar.com

माछापुच्छ्रे बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट’ लोन सेवा सुरुवात - corporatesamachar.com
Source: copr

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एमबीएल स्मार्ट लोन सेवा क्यूआर मर्चेन्ट व्यापारीसम्म विस्तार गरेको छ। स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने बैंकको प्रतिबद्धता अनुसार माछापुच्छ्रेले विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको हो । बैंकले क्यूआर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको जनाएको छ । जसमा स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायीले बिना धितो सहज र सरल तरिकाले एमबीएल एम स्मार्ट एपमार्फत कर्जा लिन सक्नेछन् । बैंकले डिजिटल रुपमै कर्जा स्वीकृति दिने भएकाले समयको बचतसँगै सहज र पारदर्शी सेवा ग्राहकले पाउने बैंकले विश्वास लिएको छ। डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी बैंकका ग्राहकहरूलाई छिटो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरूमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।