Redirecting...

नेपाल आयल निगमको नाफा १३ अर्ब ६४ करोड रुपैयाँ, राजस्वमा योगदान सवा खर्ब बढी - corporatesamachar.com

नेपाल आयल निगमको नाफा १३ अर्ब ६४ करोड रुपैयाँ, राजस्वमा योगदान सवा खर्ब बढी - corporatesamachar.com
Source: copr

काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । निगमको शनिबार सम्पन्न ५६औं वार्षिकोत्सवमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार निगमको वित्तीय अवस्था सुदृढ बन्दै गएको छ । गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको तथा राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व तिरेको छ। निर्देशक भट्टका अनुसार निगमले नाफा आर्जन गर्नुका पछाडी विसं २०७१ देखि लागू गरिएको स्वचालित मूल्य प्रणाली हो । स्वचालित मूल्य प्रणाली लागू भएकै कारण निगम आर्थिक रूपमा मजबुत बनेको र पूर्वाधार विकासमा भएको प्रगतिले पनि निगमलाई थप बलियो बनाएको उनले जानकारी दिए । यस्तै, निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि शेयर जारी गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ । निगममा हाल करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारी कार्यरत छन् । देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण हुँदै आएको भट्टले जानकारी दिए।