
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५ रुपैयाँ...

राष्ट्रियसभा सदस्यको निर्वाचन : जनप्रतिनिधिकै मत बदर
लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो आइतबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ । प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकोमा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक...

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन्। मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्...

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका-३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो । गत शनिवार आत्महत्या गरेको भनिएकी बानि...

माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका ...

फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ। आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको ज...

त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल फेला परेको इलाक...

‘एसियन हाइवे’ निर्माण सुस्त, दई वर्षमा ३५ प्रतिशत मात्र काम
सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ। आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र ...

देशभरका ९ जिल्ला डढेलोको उच्च जोखिममा
देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा ...

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो। आयोगले बैंक खाता बन्...

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ । फागुन २१ को चुनावमा हुने उम्मेदवारको खर्चसहितको अनुगमन गर्न अधिकृत तोकिएको हो । ‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’ आयोगले भनेको छ, ...

पश्चिमी वायुको आंशिक प्रभाव, यी भू–भागमा हिमपात र वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । हिमाली भू–भागमा आंशिक बादल लागी गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षा भैरहेको र बाँकी भूभागमा मौसम मुख्य...

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप पहिलो पटक मिथिला नगरीमा हुँदै
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ ल...

निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सश...

सशस्त्र प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा पूर्व–पश्चिम झण्डा मार्च सम्पन्न
२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा संचालन भएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमवार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समापन गरेका हुन् । उनले सीमाम...

पूर्व राजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा पूजा पाठ
पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन । पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा साहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप...

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
सरकारले विभिन्न चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको सरका...

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध...

आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ। यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका स...

नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहका समर्थकहरू नेपालगञ्जमा गाडीबाट खसेर घाइते भएका छन् । बालेनलाई लिन विमानस्थल पुगेका समर्थकहरु चढेको गाडीबाट खसेर घाइते भएका हुन् । प्रहरीले गाडीबाट खसेर पाँच जना घाइते भएका जानकारी दिएको छ । चुनावी अ...

नेपालगन्जमा बालेनको भव्य स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेपालगन्ज पुगेका छन् । सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए । पार्टी कार्यालयमा पसेर ...

स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सोमबार बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम...

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति , चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएक...

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने वृद्धि
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ । अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्...

चार जना यातायात व्यवसायी चुनावी मैदानमा
आसन्न प्रतिनिधिसभा चुनावमा यातायात व्यवसायी तथा यातायात मजदुरका मुद्दा बोकेर देशभर चार जना यातायात व्यवसायी विभिन्न पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा देखिएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले न...

नीतिगत सुधार गर्ने यो उपयुक्त समय हो : चन्द्र ढकाल
नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको बताउँदै वर्तमान सरकारलाई नीतिगत सुधार गर्न सहज हुने बताए । आज अन्तर्राष्ट्रिय भन्सार ...

कठोर दण्ड-जरिवानाले निजी क्षेत्र निरुत्साहित भएको छ : अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भन्सार ऐन, २०८२ मा समावेश दण्ड तथा जरिवानासम्बन्धी व्यवस्थाहरू अत्यधिक कठोर, अव्यवहारिक र कार्यान्वयन गर्न कठिन खालको रहेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमवार आयोजित कार्यक्रममा उन...

भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छ : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अ...

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प...

धादिङमा माटोको ढिस्कोले पुरिएका दुई जनाको सेनाले गर्यो उद्धार
धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङमा माटोको ढिस्कोले पुरिएका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । घर प्लास्टर गर्ने क्रममा एक्कासी माटोको ढिस्कोमा दुई पुरुष पुरिएका थिए । उनीहरुलाई नेपाली सेनाको गजुरीस्थित भैरव दल गणको टोलीले अन्य सुरक्षा न...

नेपालस्थित भारतीय राजदूतावासले मनायो ७७ औँ गणतन्त्र दिवस
नेपालस्थित भारतीय राजदूतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौँस्थित दूतावास परिसरमा आयोजित विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो । समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।...

कांग्रेस सभापति थापा सर्लाहीमा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका थापा आज सिमरा हुँदै सर्लाही गएका हुन् । गत माघ ६ गते भएको उम्मेदवार मनोनयनमा वारेसमार्फत उम्मेदवारी दर्त...

स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो
नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । नेपालका लागि बिन्दु रावलले १४ रन जोडि...

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ। निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय त...

अमेरिकाको आलोचनासँगै चीनले भन्यो– वासिङ्टनसँग सैन्य सम्बन्ध सुधार्न इच्छुक छौं
चीनले संयुक्त राज्य अमेरिकासँग सैन्य सम्बन्ध पुनः विकास गर्न इच्छुक रहेको संकेत दिएको छ । तर यही सन्देशसँगै चीन र रुसका उच्च सैन्य अधिकारीहरूले पश्चिमी मुलुकहरू, विशेषगरी अमेरिकाप्रति कडा आलोचना पनि गरेका छन् । सोमबार बेइजिङमा सुरु भएको सियाङ्सान सुर...

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजस्थानमा करिब १० हजार केजी विस्फोटक पदार्थ बरामद
भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राजस्थानको नागौर जिल्लामा सुरक्षालाई चुनौती दिन सक्ने ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरिएको छ। गोप्य सूचनाका आधारमा प्रहरीले हर्सौर गाउँस्थित एक खेतमा छापा मारेर करिब १० हजार किलोग्राम अमोनियम नाइट्रेट नियन्...

नेपाल स्पोर्टस समिट २०२६ को घोषणा
नेपाल स्पोर्टस समिट कमिटीले आधिकारिकरूपमा नेपाल स्पोट्र्स समिट २०२६ को घोषणा गरेको छ । आउँदो फेब्रुअरी ५ मा सोल्टी होटल प्रा.ली.मा यो समिट आयोजना हुन लागेको हो । आयोजकका अनुसार यो ऐतिहासिक समिट नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हुनेछ । ...

प्रचण्डलाई झलनाथको चेतावनी– अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता नभए प...

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन । पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुम...

भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् । यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट...

न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा र जनजीवन प्रभावित
न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ । शनिबार रातदेखि सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबार...

देशभर २३ हजार ११२ मतदान केन्द्र तय, एक केन्द्रमा ९ जना कर्मचारी खटाइने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले व्यापक रूपमा कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जनासम्म कर्मचारी खटाउने गरी तयारी थालेको हो । आयोगको योजना अनुस...

चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने
चलचित्र ‘पाँच पाण्डव’ मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्...

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समे...

भारतको ७७औँ गणतन्त्र दिवस: नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता
भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले जारी गरेको सन्देशले नेपाल–भारतबीचको ऐतिहासिक, बहुआयामिक र रणनीतिक साझेदारीलाई पुनः पुष्टि गरेको छ। उनले दुई देशबीचको सम्बन्ध भौगोलिक निकटताभन्दा पनि साझा सभ्यता, सांस्कृतिक...

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज स्कटल्यान्डसँग भिड्दै
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भ...

प्रतिनिधि सभा निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने...

जसपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिवद्धता सहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्...

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थ...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिने एक व्यक्ति साइबर ब्यूरोको अनुसन्धानमा
नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी बैं...

च्यांग्रा स्रोत केन्द्र तीन वर्षदेखि अलपत्र
कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित मुगुम कार्मारोङ गाउँपालिका–१ पिप्लेडीमा निर्माण गरिएको च्यांग्रा स्रोत केन्द्र तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७...

अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु
नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल ए...

‘संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी ...

बालेन भन्छन्- जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । आईतवार कार्यकर्ताहरुसँगको कुराकानीमा उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए । उनले उन...

१० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने स्थानीयको चेतावनी
मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आईतवार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका छन् । मेलम्ची खानेपानीका वितरक उत्तर...

यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ जना सदस्य
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज निर्वाचन भएको छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने बाँकी १७ पदको लागि सातै प्रदेशमा मतदान भएको थियो । निर्वाचन आ...

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग ...

रवि लामिछानेको अभियोग फिर्ता लिँदा फेला परेका प्रमाण झिकाउन सर्वोच्चको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन प्रक्रियामा फेला परेका नयाँ प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलक...

पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, ट्राभलका ६ सञ्चालक पक्राउ
नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेक...

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले महिला समूहबाट भण्डारी अन्यबाट खाती विजयी भएको बताएका छन् । उनक...

गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा विजयी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार प्रा. डा. जगत तिमिल्सिना र सम्झना देवकोटा राष्ट्रियसभाका सदस्य बनेका हुन् । आज सम्पन्न मतदान प्रक्रिया...

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त
सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थाय...

उम्मेदवारसँग बालेनले गरे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता साहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका...

देशमा विद्यमान संकटको डटेर सामना गरौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले देशमा विद्यमान संकटहरुको डटेर सामना गर्नुपर्ने बताएकी छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले देशमा देखिएका बेथितिहरुको ...

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठवन्धनका उम्मेदवार विजयी
कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् । नेकपाका दुव...

राष्ट्रिय सभा निर्वाचन : देशभर ९५.६८ प्रतिशत मतदान, कुन प्रदेशमा कति जनाले गरे ?
राष्ट्रिय सभा निर्वाचनमा देशभर उच्च सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ९५.६८ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। आयोगले उपलब्ध गराएको जानकारीअनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको ...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा कारण देखाऊ आदेश
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले विपक्षीलाई माघ १५ गतेका लागि...

राष्ट्रिय सभा निर्वाचन : कोशी र गण्डकीमा मतगणना सुरु
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ ...

सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो तथा काठमाडौँको हनुमानढोकास्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको छ। टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान...

५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ । यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अं...

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ । पार्टीले द...

स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाई गरिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् । यसलाई रोक्न तत्काल कडा उपायहरू लागू गर्ने घोषणा गरेकी हुन् । आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति प...

माघ २४ गते ११ औं संस्करणको प्रधानसेनापति खुला म्याराथन हुने
नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता म्याराथनको ११ औं संस्करण हो । जसमा दुई हजार पाँच सयभन्दा बढी धावकको सहभागिता रहने अपे...

कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै ...

वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् । आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै ...

सेयर चलखेल अनुसन्धानमा रहेका दीपेन्द्र अग्रवाल एमाले प्रवेश, चौतर्फी आलोचना
सेयर बजारमा संगठित रूपमा चलखेल गरी सर्वसाधारण लगानीकर्तालाई अर्बौं रुपैयाँ घाटा पुर्याएको आरोप लाग्दै आएका सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ...

ईपीएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन
दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन् । ईपीएस भाषा र सिप तालिम उत्र्तीण गरेर पनि द...

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगम, भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी
नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोत...

डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान
राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान...

शेखर कोइराला भन्छन्- युवाको मागमा मैले केही कञ्जुस्याई गरिन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्। विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न ...

फागुन २१ को चुनावपछि नेपालको प्रधानमन्त्री गगन थापा हुन् : सहमहामन्त्री रसाईली
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाईलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरेका ...

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ ...

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !
नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पन...

देउराली जनता फर्मास्युटिकल्सको सञ्चालन आम्दानी २ अर्ब ३५ करोड
औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय रुपमा कामगर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालीले वर्षदिनमै २ अर्ब ३५ करोड रुपैयाँको (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष (आव) २०८१/८२ मा कम्पनीले सो आम्दानी गरेको रेटिङ एजेन्...

राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कतिप्रतिशत मत खस्यो ?
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका विभिन्न प्रदेशमा मतदान प्रक्रिया जारी रहँदा निर्वाचन आयोगले समय–समयमा प्रदेशगत मतदान अद्यावधिक सार्वजनिक गरेको छ। पछिल्लो विवरणअनुसार लुम्बिनी, बागमती, कोशी र कर्णाली प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा अ...

ओलीको डिबेट प्रस्तावमा बालेनको प्रश्न– आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्। बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समे...

क्यानडालाई ट्रम्पको चेतावनी- चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने क्यानडाको योजनाप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री मार्क कार्नीलाई चेतावनी दिएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता अगाडि बढाए अमेरिकाले क्यानडाली वस्तुमा १०० प्रतिशत भन...

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका...