केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
प्रारम्भमा सञ्चित रकम खर्चनुपरे पनि पहिलेका समस्या समाधान हुनेछन् र साेमवारदेखि स्थिति अनुकूल बन्नेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। राम्रा काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ। मानसम्मान प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि फाइदा भइरहनेछ। अध्ययनमा प्रगति हुनेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। साथीभाइकाे सहयाेगले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
प्रारम्भमा मनग्य आम्दानी भए पनि खर्चिलाे काम थाल्नाले अर्थ अभाव देखापर्न सक्छ। समस्या सुल्झाउन कर्जा लिनुपर्ने हुन सक्छ। बेलामा होस नपुर्याउँदा चुनौती आउन सक्छन्। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। लगनशीलताले सफलताले उचाइमा समेत पुर्याउन सक्छ। सप्ताहान्तमा व्यापार बढ्नेछ। आयस्रोत सबल बन्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।
मिहिनेतकाे प्रतिफल प्राप्त हुने समय छ। दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ। र, मनग्य आम्दानी हातलागी हुनेछ। उठ्नुपर्ने रकम प्राप्त हुनाले समस्या टर्नेछ। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ। मंगलवारपछि खर्चिलाे काम गर्नुपर्ने स्थिति आउनेछ। एउटा शीर्षकमा ठिक पारेकाे रकम अर्कै काममा खर्चनुपर्ला। काम बिग्रने भयले पनि सताउनेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। रमाइलाे भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ।
प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा चिताएको काम गर्न सकिनेछ। साथी–भाइकाे साथसहयाेग जुट्नाले उद्देश्य प्राप्त गर्न सफल भइनेछ। लगनशीलताले कीर्तिमानी समेत दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। बुधवारदेखि आम्दानीका स्रोतहरू बढ्नेछन्। तर लगानीका लागि रकम जुटाउनुपर्ने हुन सक्छ। खर्चिलो कामले धन संग्रहमा धेरै पटक बाधा पुर्याउनेछ। सरसापटमा रकम बाहिरिन सक्छ। सप्ताहान्तमा भने आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ।
सुरुमा स्वास्थ्य कमजाेर हुनेछ र धन खर्चनुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। खर्च लागे पनि नयाँ काम सुरु हुनेछ। आध्यात्मिक चिन्तनले सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र नियमित आम्दानी पनि बढ्नेछ।
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। जिम्मेवारी बढ्नेछन् र मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रकम सञ्चय नभए पनि आयस्रोत बढ्नाले घर–परिवारका समस्या समाधान हुनेछन्।
प्रारम्भमा पुरुषार्थी काम बन्नेछन्। रमाइलो यात्राको साइत जुर्नेछ भने प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बुधवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने रकम बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। आँटेको काम रोकिन सक्छ। सप्ताहान्तमा शुभचिन्तकहरूको सहयोग जुट्नेछ, भाग्यले साथ दिनेछ र लाभ हुनेछ।
खानपानकाे अनियमितताले सुरुमा स्वास्थ्य बिग्रन सक्छ। तापनि, कर्मक्षेत्रमा साथ दिनेहरू भेटिनेछन्। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। बुधवारदेखि पहिलेकाे स्थितिमा सुधार आउनुका साथै नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन पनि कसिलाे हुनेछ। सप्ताहान्तमा कामकाे चाप बढ्नाले स्वास्थ्य कमजाेर बन्नेछ।
सुरुमा काम राेकिन सक्छ। आफ्ना कमजोरी बाहिरिनाले अवसरवादीहरू जुर्मुराउनेछन्। तापनि मिहिनेतले स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। बुधवारदेखि अस्वस्थताको योग देखिएकाले आँटेको काम रोकिन सक्छ। कामको बोझ थपिनेछ भने रकम बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। तापनि सप्ताहान्तमा रचनात्मक काममा प्रवृत्त भइनेछ। व्यवसायले यात्राकाे साइत पनि जुराउन सक्छ।
राम्राे अवसर जुट्नाले ठूलै काममा प्रवृत्त भइनेछ। हिम्मतले दिगो फाइदा दिलाउन सक्छ। तापनि मंगलवारसम्म केही पारिवारिक उल्झन देखापर्नेछन्। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्ना कमजाेरीमा अवसर खाेज्नेहरूबाट सजग रहनुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै परिस्थिति अनुकूल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ। आफ्नो अभियानमा धेरैले साथ दिनेछन्। सप्ताहान्तमा शत्रुपक्षलाई हराउन सकिनेछ। शुभचिन्तकलाई समेटेर काम लिनुहोला, दिगो योजना पूर्ण हुनेछ। नाम, दाम र इनाम पनि हातलागी हुनेछ।
मिहिनेत गर्दा साता फलदायी रहनेछ। काममा विभिन्न अवसर प्राप्त भइरहनेछन्। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम थालनी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नाेकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ। मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले अप्ठ्यारा परिस्थिति पार लाग्नेछन्। बुधवार र बिहीवार घरायसी समस्याले अल्झाउन सक्छ। सप्ताहान्तमा अवसरले पछ्याउनेछन्। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी गर्न सकिनेछ। बोलीको प्रभाव एवं तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। मान–सम्मान पाइनेछ। सेयर लगानी तथा व्यापारतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। मेहनतीहरूलाई समयले साथ दिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सप्ताहान्तमा अवसरवादीहरूबाट विशेष सावधान रहनुहोला। काममा आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला।
काठमाडौँ। पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ।
आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा र हिमपात सुरु भएको जल तथा मौसम विज...