केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
साप्ताहिक राशिफल - सिंह
मंसिर १४–२०, २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भ खर्चिलो र संघर्षमय रहनेछ। स्वास्थ्य पनि कमजोर रहने समय छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आए पनि पेसा–व्यवसायमा ठूलाे उपलब्धि नहुन सक्छ। बाेली–व्यवहारमा संयम हुन आवश्यक छ। आल्नैबाट काममा अवराेध र उल्झन आउन सक्छ। आसलाग्दा व्यक्तिहरूबाट पनि चित्तबुझ्दाे सहयाेग नपाइएला। साथीभाइकाे भर नपर्नुहोला। आश्वासान सबैले दिनेछन् तर व्यवहारमा स्वयं जुटेपछि मात्र काम बन्नेछ।