केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
साप्ताहिक राशिफल - वृश्चिक
मंसिर १४–२०, २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउने हुँदा काम रोकिन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायमा प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेशसम्मै रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त समय पर्खनुहोला। उपहारका लागि हुने फजुल खर्चबाट सजग रहनुहोला।