केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
साप्ताहिक राशिफल - कर्कट
मंसिर १४–२०, २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश काम बिग्रने चिन्ताले सताउन सक्छ। जिम्मेवारी बढ्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञान तथा चिन्तनले मन उत्साहित हुनेछ। नयाँ साेचका साथ नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यावसायिक कामले उचाइ लिनेछ। विशिष्ट व्यक्तिहरूको प्रेरणा र सहयाेग पनि प्राप्त हुनेछ। तर अनुभवकाे जगमा नयाँ काम थाल्नु बुद्धिमानी हुनेछ। आयस्राेत सबल देखिए पनि बिहीवारदेखि नजानिदाे खर्च बढ्न सक्छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ तर उठेकाे अरूका हातमा जानाले समस्या पर्न सक्छ।