केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - धनु
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई माघ महिना केही संघर्षमय रहनेछ। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। काममा अवसर र चुनौती बराबर आउनेछन्। तर केही चुनौती देखिए पनि आशा गरिएको फल प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग भने नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। पेसा–व्यवसायमा लागत बढ्न सक्छ। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा उपलब्धि जोगाउने प्रयास गर्नुहोला।