केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - सिंह
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई माघ महिना लाभदायक र विशेष उपलब्धिमूलक रहनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। आँटले काम लिने समय छ। कृषि, उद्याेग र व्यवसायमा मनग्य फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी हुने समय छ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले फाइदा दिलाउनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। र, नयाँ अवसरका लागि प्रयत्न गर्नुहोला।