केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - मिथुन
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई स्वास्थ्य र आम्दानीका दृष्टिले माघ महिना कमजाेर रहनेछ। पेसा–व्यवसाय एवं राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर रहनेछ। नयाँ कामको योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने समय छ। अर्थ अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। उठ्नुपर्ने लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। नयाँ व्यवसायतर्फ लगानी गर्नुपूर्व राम्राे अध्ययन गरी उचित समयकाे प्रतीक्षा गर्नुहाेला। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले पनि अवसर गुम्न सक्छ। हाड–जोर्नीमा चाेटपटककाे याेग देखिएकाले साधन तथा हातहतियार सावधानीपूर्वक चलाउनुहोला।